२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पाँच वर्ष जेल सजायका लागि सांसद दीपक मनाङे पक्राउ

images

  • २०८१ कात्तिक २७, मंगलबार
  • 1.4K
    SHARES
  • पाँच वर्ष जेल सजायका लागि सांसद दीपक मनाङे पक्राउ

    काठमाडौं : गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (जसलाई दीपक मनाङे भनेर चिनिन्छ) लाई मंगलबार काठमाडौंको सानोभर्‍याङबाट पक्राउ गरिएको छ। प्रहरी स्रोतका अनुसार उनलाई काठमाडौं जिल्ला अदालतमा आजै पेस गर्ने तयारी गरिएको छ।

    कात्तिक २० गते सर्वोच्च अदालतले उच्च अदालत पाटनबाट सुनाइएको पाँच वर्षको जेल सजायलाई सदर गरेपछि उनलाई पक्राउ गरिएको हो। उनलाई २०६० सालमा गुन्डा नाइके मिलन गुरुङ (चक्रे) लाई हात छिन्याएको आरोपमा दोषी ठहर गरिएको थियो। यस मामिलामा उच्च अदालतले २०६९ सालमा उनलाई पाँच वर्ष जेल सजाय सुनाएको थियो, जसलाई सर्वोच्चमा चुनौती दिए पनि सदर भयो।

    अदालतमा पेस भएपछि उनी जेल सजायका लागि कारागार चलान हुनेछन्। पूर्वमन्त्रीसमेत रहेका मनाङे मनाङ क्षेत्र नम्बर १ ‘ख’ बाट निर्वाचित स्वतन्त्र सांसद हुन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ