२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बीसीए: नेपालमा एप्लिकेसन डिजाइन र आईटी करियरको बढ्दो अवसर

images

  • २०८१ कात्तिक २८, बुधबार
  • 1.8K
    SHARES
  • बीसीए: नेपालमा एप्लिकेसन डिजाइन र आईटी करियरको बढ्दो अवसर

    काठमाडौँ : ब्याचलर अफ कम्प्युटर एप्लिकेसन (बीसीए) कार्यक्रम नेपालमा कम्प्युटर एप्लिकेसन डिजाइन र विकास गर्ने सीप प्रदान गर्ने एक महत्त्वपूर्ण पाठ्यक्रम हो। त्रिभुवन विश्वविद्यालय अन्तर्गत चार वर्षे, आठ सेमेस्टरको यो कोर्सले एप्लिकेसन निर्माण र आईटी क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्नमा योगदान पुर्‍याउँछ। नेपालमा प्राविधिक शिक्षाको माग बढ्दै गएकाले बीसीएलाई रोजगारी र करियरको राम्रो विकल्प मानिन्छ।

    बीसीए त्रिवि मानविकी संकाय अन्तर्गत सञ्चालित भए पनि यसले प्राविधिक दक्षता प्रदान गर्ने भएकाले यसका विद्यार्थीलाई एप्लिकेसन डेभलपमेन्ट, वेब डिजाइन, मोबाइल एप्स, बैंकिङ, टेलिकम, ई–कमर्स र नेटवर्किङमा भविष्य बनाउने अवसर प्राप्त हुन्छ। बीसीए अध्ययन गर्नका लागि प्लस टूमा जुनसुकै विषय लिएको भए पनि कम्तीमा २.० जीपीए र डी प्लस ग्रेड अनिवार्य छ। प्रवेश परीक्षा उत्तीर्ण गरेपछि मात्र यस कोर्समा भर्ना हुन पाइन्छ।

    बीसीए कोर्सको कुल शुल्क ४ देखि ८ लाख रुपैयाँसम्म पर्न सक्छ, जुन कलेजको सुविधाअनुसार फरक-फरक हुन्छ। यस कोर्समा कम्प्युटर प्रोग्रामिङ, वेब टेक्नोलोजी, कम्प्युटर नेटवर्किङ, ग्राफिक्स र एनिमेसन, साइबर कानुन, सी प्रोग्रामीङ, मोबाइल प्रोग्रामिङ लगायतका विषयहरू पढाइन्छ। अध्ययनका क्रममा तीन महिनाको अनिवार्य इन्टर्नसिपसमेत गराइन्छ, जसले विद्यार्थीलाई व्यावहारिक अनुभव दिन्छ।

    त्रिभुवन विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय र पोखरा विश्वविद्यालयसँग सम्बन्धन प्राप्त देशभरका १ सय २४ कलेजहरूले यो कोर्स सञ्चालन गर्दै आएका छन्। बीसीए पूरा गरेपछि विद्यार्थीहरूले कम्प्युटर एन्ड इन्फर्मेसन सिस्टम म्यानेजर, आईटी अफिसर, नेटवर्क एडमिनिस्ट्रेटर, इथिकल ह्याकर, वेब डेभलपर र ग्राफिक डिजाइनरको रूपमा रोजगार प्राप्त गर्न सक्छन्। यो कोर्सले विद्यार्थीहरूलाई उच्च शिक्षा, जस्तै मास्टर्स इन कम्प्युटर एप्लिकेसन (एमसीए) वा एमएससी आईटीतर्फ पनि जाने बाटो खोल्दछ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ