२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

व्यास नगरपालिकामा जग्गा वर्गीकरण रोकिँदा राजस्व सङ्कलन प्रभावित

images

  • २०८१ कात्तिक २८, बुधबार
  • 1.5K
    SHARES
  • व्यास नगरपालिकामा जग्गा वर्गीकरण रोकिँदा राजस्व सङ्कलन प्रभावित

    काठमाडौँ : तनहुँको व्यास नगरपालिकामा जग्गा वर्गीकरणको काम नटुङ्ग्याउँदा राजस्व सङ्कलनमा असर परेको छ। गत साउनदेखि यो प्रक्रिया रोकिएपछि राजस्वमा कमी आएको हो।

    नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत काशीराम गैरेका अनुसार कृषियोग्य र आवासीय जमिनलाई सही रूपमा वर्गीकृत गर्ने काम अन्तिम चरणमा पुगेको छ। "पहिले कृषियोग्य र आवासीय जमिनको स्पष्ट अभिलेख थिएन।" गैरेले भने, "अब कार्यपालिका बैठकले मङ्सिरभित्र वर्गीकरण कार्य टुङ्ग्याउने लक्ष्य लिएको छ।"

    वर्गीकरण सम्पन्न नभएसम्म किनबेच प्रक्रिया प्रभावित हुने भन्दै मालपोत कार्यालयले राजस्व सङ्कलनमा कमी आएको जनाएको छ। मालपोत अधिकृत केशवराज सुवेदीका अनुसार जिल्लाका अन्य पालिकाको तुलनामा व्यासमा बढी कारोबार हुने गरेको छ।

    “धितो बन्धक र राजीनामा गरी दिनमा ३० वटासम्म काम भइरहेको छ, वर्गीकरण पूरा भएमा यो संख्या दिनमा ४५ सम्म पुर्याउन सकिनेछ।” उनले भने।

    कार्यालयका अनुसार गत आर्थिक वर्षको साउनदेखि असोजसम्म आठ करोड ७८ लाख ९६ हजार सात सय १४ राजस्व सङ्कलन भएकोमा चालु आवको सोही अवधिमा छ करोड २८ लाख ६८ हजार पाँच सय ४९ मात्र भएको छ।

    यसरी गत आवको तुलनामा चालु आवमा दुई करोड ५० लाख २८ हजार एक सय ६५ राजस्व सङ्कलनमा कमी आएको हो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ