२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

ईशनाथमा वडाध्यक्ष बिगु साहको असमयिक निधन, शोकाकुल परिवारलाई समवेदना

images

  • २०८१ कात्तिक ३०, शुक्रबार
  • 1.2K
    SHARES
  • ईशनाथमा वडाध्यक्ष बिगु साहको असमयिक निधन, शोकाकुल परिवारलाई समवेदना

    काठमाडौँ : ईशनाथ नगरपालिका–१ का वडाध्यक्ष बिगु साहको मिर्गौलाको समस्याका कारण उपचारका क्रममा निधन भएको छ। साह नेपाली राजनीतिक वृत्तमा परिचित थिए। उनले दुई पटक विभिन्न पार्टीबाट निर्वाचित भएर वडाध्यक्षको जिम्मेवारी सम्हालेका थिए।

    वडाध्यक्ष साह पहिलो पटक २०७४ सालमा नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए भने दोस्रो पटक २०७९ को निर्वाचनमा लोकतान्त्रिक समाजवादी पार्टीबाट पुनः विजयी भएका थिए।

    उनको निधनले ईशनाथ नगरपालिकामा शोकको वातावरण छाएको छ। रौतहट क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद किरणकुमार साहले वडाध्यक्ष साहप्रति श्रद्धाञ्जली व्यक्त गर्दै उनको परिवारलाई समवेदना प्रकट गरेका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ