२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नाइजेरिया, ब्राजिल र गुयानाको ऐतिहासिक दौडाहामा प्रधानमन्त्री मोदी

images

  • २०८१ मंसिर २, आइतबार
  • 1.5K
    SHARES
  • नाइजेरिया, ब्राजिल र गुयानाको ऐतिहासिक दौडाहामा प्रधानमन्त्री मोदी

    काठमाडौँ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नाइजेरिया, ब्राजिल र गुयानाको पाँच दिने औपचारिक भ्रमण सुरु गरेका छन्। भ्रमणको पहिलो चरणमा उनी शनिबार राति नाइजेरियाको राजधानी अबुजा पुगेका छन्।

    नाइजेरियाका राष्ट्रपति बोला अहमद टिनाबुले अबुजा विमानस्थलमा मोदीलाई स्वागत गरेका थिए। मोदीले यो स्वागतप्रति नाइजेरियाका राष्ट्रपति र नाइजेरियाली जनतालाई धन्यवाद व्यक्त गर्दै दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउने विश्वास व्यक्त गरे।

    नाइजेरिया भ्रमणपछि प्रधानमन्त्री मोदी ब्राजिल जानेछन्, जहाँ उनले जी-२० सम्मेलनमा सहभागिता जनाउनेछन्। सम्मेलनमा विश्वव्यापी आर्थिक मुद्दामा छलफल गर्ने अपेक्षा गरिएको छ।

    यसपछि मोदी गुयाना जाने कार्यक्रम रहेको छ। यो भ्रमणले ऐतिहासिक महत्त्व राख्दछ, किनभने पछिल्लो ५० वर्षमा कुनै पनि भारतीय प्रधानमन्त्रीले पहिलोपटक गुयानाको भ्रमण गर्न लागेका हुन्। यस भ्रमणलाई भारत र गुयानाबीचको द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्ने अवसरका रूपमा हेरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ