२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

४० शैक्षिक कार्यक्रममा विद्यार्थीविहीन, २५ प्रतिशत कलेजको अवस्था चिन्ताजनक

images

  • २०८१ मंसिर ३, सोमबार
  • 1.8K
    SHARES
  • ४० शैक्षिक कार्यक्रममा विद्यार्थीविहीन, २५ प्रतिशत कलेजको अवस्था चिन्ताजनक

    काठमाडौं : नेपालमा विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालन भइरहेका कलेजहरूमध्ये ४० शैक्षिक कार्यक्रम विद्यार्थीविहीन रहेको सरकारी प्रतिवेदनले देखाएको छ।

    शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा २५ प्रतिशत कलेजको अवस्था विद्यार्थी संख्याका आधारमा अत्यन्तै कमजोर रहेको उल्लेख छ।

    विदेशी विश्वविद्यालयको सम्बन्धनमा सञ्चालन भएका ५९ कलेजको मापदण्डबारे अध्ययन गर्दै मन्त्रालयले तयार पारेको प्रतिवेदन अनुसार यी कलेजहरूले स्नातक र स्नातकोत्तर तहका २ सय १२ शैक्षिक कार्यक्रम सञ्चालनको स्वीकृति पाएका थिए। तर तीमध्ये ४० वटा कार्यक्रममा एक जना पनि विद्यार्थी भर्ना भएका छैनन्।

    प्रतिवेदनअनुसार हाल सञ्चालन भइरहेका सबैभन्दा धेरै ९६ शैक्षिक कार्यक्रम व्यवस्थापन विषयमा केन्द्रित छन्। त्यसैगरी ७० कार्यक्रम सूचना प्रविधि (आईटी) सम्बन्धी र बाँकी अन्य विषयमा आधारित छन्।

    उच्च शिक्षाका लागि सञ्चालन भइरहेका करिब २५ प्रतिशत कलेजमा विद्यार्थी संख्या १ सय भन्दा कम रहेको र १४ कलेजमा २ सय सम्म मात्रै विद्यार्थी रहेको पाइएको छ। विद्यार्थीको न्यून उपस्थितिका कारण यी कलेजहरूको अवस्था चिन्ताजनक रहेको प्रतिवेदनले औंल्याएको छ।

    अनुगमनका क्रममा केही कलेजमा खेलमैदान, फर्निचर, पुस्तकालय, शौचालय, प्राथमिक उपचार सुविधा जस्ता आधारभूत आवश्यकता पनि पूरा नगरिएको पाइएको छ।

    त्यस्तै, एकतिहाइ कलेजमा मापदण्डअनुसारका योग्य शिक्षकहरू अनुपलब्ध रहेको र कतिपय कलेजहरूले विद्यार्थीलाई पूर्ण छात्रवृत्ति उपलब्ध नगराएको प्रतिवेदनले देखाएको छ।

    हाल विदेशी विश्वविद्यालय तथा शिक्षण संस्थाको सम्बन्धनमा सञ्चालित १ सय ७२ शैक्षिक कार्यक्रमअन्तर्गत २८ हजार ७३ विद्यार्थी अध्ययनरत रहेको प्रतिवेदनमा उल्लेख छ।

    सरकारले यी समस्या समाधान गर्न कडा मापदण्ड लागू गर्दै अनुगमनलाई अझ प्रभावकारी बनाउने योजनामा रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ