२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दुर्गा प्रसाईं पक्राउ: प्रधानमन्त्री ओलीमाथि लगाइएको आरोपको पछाडि के छ?

images

  • २०८१ मंसिर ४, मंगलबार
  • 2.0K
    SHARES
  • दुर्गा प्रसाईं पक्राउ: प्रधानमन्त्री ओलीमाथि लगाइएको आरोपको पछाडि के छ?

    काठमाडौं : मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रहरीले उनलाई भक्तपुरस्थित निवासबाट नियन्त्रणमा लिएको हो।

    प्रसाईंले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि कम्बोडियाको टेलिकम कम्पनीमा साढे ३२ अर्ब रुपैयाँ लगानी रहेको दाबी गर्दै कागजात सार्वजनिक गरेका थिए। प्रहरीको प्रारम्भिक अनुसन्धानले ती कागजात किर्ते भएको निष्कर्ष निकालेको बताइएको छ।

    प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) टोलीले प्रसाईंलाई पक्राउ गरेको हो। सिआइबीका एसपी होबिन्द्र बोगटीका अनुसार प्रसाईंमाथि साइबर अपराधसम्बन्धी मुद्दामा अनुसन्धान अघि बढाइएको छ।

    यस घटनाले राजनीतिक तथा व्यवसायिक क्षेत्रमा व्यापक चासो उत्पन्न गराएको छ। प्रहरीले थप विवरण सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ