काठमाडौं : नेपाली विद्यार्थी अध्ययनका लागि विदेश जाँदा चालु आर्थिक वर्षको पहिलो ३ महिनामा ३२ अर्ब १८ करोड रुपैयाँ बाहिरिएको छ। नेपाल राष्ट्र बैंकका अनुसार साउन, भदौ र असोज महिनामा मात्र यो रकम विदेशिएको हो।
गत आर्थिक वर्षको यही अवधिमा अध्ययनका लागि विदेश जाने विद्यार्थीहरूले ३२ अर्ब ९२ करोड रुपैयाँ पठाएका थिए। यस वर्ष सो रकम ७३ करोड रुपैयाँले घटेको देखिएको छ।
तीन महिनाको अवधिमा नेपालीहरूले अध्ययन, भ्रमण र अन्य कारणले गरी कुल ५१ अर्ब ८० करोड रुपैयाँ विदेश पठाएका छन्। यत, विदेशीहरूले भ्रमण शीर्षकमा नेपालमा १७ अर्ब १३ करोड रुपैयाँ मात्र भित्र्याएका छन्।
भ्रमण शीर्षकमा बाहिरिएको रकम भित्रिएको भन्दा झन्डै तीन गुणा बढी देखिएको छ। यसले विदेश अध्ययन र भ्रमणका लागि लगानी भइरहेको ठूलो आर्थिक प्रवाहलाई उजागर गरेको छ।
यस सन्दर्भमा, अध्ययन र भ्रमणमा जानेको संख्या घटाउने नीति तथा नेपालमै उच्च शिक्षाका अवसर र पर्यटन प्रवर्द्धन गर्नुपर्ने आवश्यकता देखिएको छ।



