काठमाडौं : अब एनसेलका ग्राहकहरूले आफ्नो सेवाको आवश्यकता अनुसार साटासाट सुविधा प्रयोग गर्न सक्ने भएका छन्। एनसेलले आफ्नो सधैं अन प्याक अन्तर्गत बाँकी रहेका भ्वाइस र डेटा सेवालाई साट्न सकिने सुविधा उपलब्ध गराएको छ।
ग्राहकहरूले कुनै पनि समयमा एनसेल एपको माध्यमबाट आफूलाई आवश्यक भ्वाइस वा डेटा सेवा साट्न सक्छन्। उदाहरणका लागि ५० मिनेट भ्वाइसलाई १ हजार २ सय ५० एमबी डेटा वा १ जिबी डेटालाई ४१ मिनेट भ्वाइस सेवामा परिवर्तन गर्न सकिन्छ।
यो सुविधा कुन प्याकमा मान्य छ?
यो सुविधा सधैं अनका ३९९, ४९९, र ५९९ रूपैयाँका प्याकमा मात्र लागू हुनेछ। ग्राहकले बाँकी सेवाको ९० प्रतिशतसम्म साटेर फाइदा लिन सक्नेछन्।
साटासुट गर्न सजिलो
एनसेल एप प्रयोग गरेर ‘एक्सचेन्ज डेटा अर भ्वाइस’ विकल्पमा गएर आफ्नो आवश्यकता अनुसार डेटा वा भ्वाइस परिवर्तन गर्न सकिन्छ। यो एप एनसेल डेटामा प्रयोग गर्दा कुनै अतिरिक्त शुल्क लाग्दैन।
थप फाइदा
एनसेलका ग्राहकहरूले पहिलो पटक एनसेल एप डाउनलोड गर्दा १ जिबी निःशुल्क डेटा पनि प्राप्त गर्न सक्छन्।
यो सुविधा विशेष गरी ग्राहकहरूको बदलिंदो आवश्यकतालाई ध्यानमा राखेर ल्याइएको हो। अब ग्राहकहरूले आफ्नो बाँकी सेवा आफ्नो सुविधा अनुसार सेवा परिवर्तन गर्न सक्नेछन्।



