२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

वित्तीय साक्षरता: समयको आवश्यकता

images

  • २०८१ मंसिर ७, शुक्रबार
  • 1.6K
    SHARES
  • वित्तीय साक्षरता: समयको आवश्यकता

    काठमाडौँ : वित्तीय कारोबारसम्बन्धी आधारभूत ज्ञानलाई वित्तीय साक्षरता भनिन्छ। यसलाई वित्तीय चेतना, शिक्षा, जागरण र सचेतना जस्ता शब्दावलीले पनि सम्बोधन गर्न सकिन्छ। सरल भाषामा पैसाको कारोबार गर्ने ज्ञान तथा पैसासम्बन्धी अन्य साधनको प्रयोगलाई वित्तीय साक्षरताले समेट्छ।

    आजको द्रुत परिवर्तनशील विश्वमा, सूचना प्रविधिले वित्तीय कारोबारका साधन र प्रणालीमा नयाँ नयाँ विकास ल्याइरहेको छ। डिजिटल वित्तीय साधनको प्रयोगले दैनिक जीवन सजिलो बनाएको छ भने जोखिमसम्बन्धी ज्ञानको अभावले समस्या निम्त्याउने खतरा पनि उत्तिकै छ।

    त्यसैले वित्तीय साक्षरताले मानिसलाई बैङ्किङ सेवा, डिजिटल कारोबार, बचत, लगानी र कर्जासम्बन्धी ज्ञान प्रदान गर्नुका साथै ठगी तथा जोखिमबाट बच्न सचेत बनाउँछ।

    नेपाल जस्तो विकासोन्मुख मुलुकका लागि वित्तीय साक्षरता झन् महत्त्वपूर्ण छ। यसले उत्पादन, रोजगारी र लगानीको क्षेत्रमा सकारात्मक प्रभाव पार्नुका साथै स्वरोजगार सिर्जना गर्न सहयोग गर्छ। युवाहरूलाई विशेष गरी वित्तीय ज्ञान र अभ्यासले पुँजी निर्माण, उद्यमशीलता र मितव्ययिताको संस्कार निर्माण गर्न प्रेरित गर्न सक्दछ।

    वित्तीय चेतना मात्र शिक्षित र उच्च वर्गका लागि नभई सर्वसाधारणका लागि पनि उत्तिकै महत्त्वपूर्ण छ। बैङ्क तथा वित्तीय संस्थाको सेवा उपयोग गर्दा आधारभूत जानकारी नहुँदा ठगी र अन्योलको अवस्था सिर्जना हुने गरेको छ। त्यसैले बैङ्किङ सेवा उपयोग गर्दा आवश्यक जानकारी लिनु जरुरी छ।

    अन्तर्राष्ट्रिय बजारमा क्रिप्टोकरेन्सी, विप्रेषण,र डिजिटल कारोबार जस्ता नयाँ साधनको प्रभाव बढ्दै गइरहेको छ। यस्ता माध्यमहरूको सदुपयोग गर्न वित्तीय साक्षरताले मद्दत पुर्‍याउँछ।

    यसका साथै विदेशी रोजगारदाताहरूबाट प्राप्त विप्रेषण आयलाई विवेकपूर्ण रूपमा उपयोग गर्न सिकाउनु, गरिबी न्यूनीकरणलाई दिगो बनाउन सक्ने प्रभावकारी उपाय हो।

    नेपालले परिकल्पना गरेको समावेशी आर्थिक विकास र डिजिटल नेपालको अवधारणालाई साकार पार्न विशेष गरी किशोर, विद्यार्थी, युवा, विदेशमा काम गर्नेहरू र स्वरोजगार बन्न चाहनेहरूको वित्तीय साक्षरतामा पहुँच अनिवार्य छ।

    यसका लागि बैङ्किङ क्षेत्र, सञ्चार माध्यम, सरकारी तथा गैरसरकारी संस्थाहरूले प्रभावकारी पहल गर्न आवश्यक देखिन्छ।

    पैसा कमाउने मात्र नभई,त्यसको सही उपयोग गरेर जीवनस्तर सुधार गर्नु वित्तीय साक्षरताको मुख्य उद्देश्य हो। वित्तीय साक्षरता दिगो आयआर्जन, आर्थिक सुरक्षा र समृद्धि तर्फको मार्गदर्शन हो, जसले राष्ट्रको सर्वाङ्गीण विकासमा आधार तयार गर्दछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ