२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

गुगल म्यापको भरमा भत्केको पुलबाट खस्यो कार, तीनजनाको दर्दनाक मृत्यु

images

  • २०८१ मंसिर ९, आइतबार
  • 5.1K
    SHARES
  • गुगल म्यापको भरमा भत्केको पुलबाट खस्यो कार, तीनजनाको दर्दनाक मृत्यु

    काठमाडौं : भारतको उत्तर प्रदेशस्थित रामगङ्गा नदीको पुलबाट एक कार खस्दा त्यसमा सवार तीन जनाको ज्यान गएको छ। आइतबार बिहान करिब १० बजे खालपुर-डाटागञ्ज सडक खण्डमा भएको यो दुर्घटनामा गुगल म्यापको भ्रामक जानकारी कारक बनेको बताइएको छ।

    भारतीय सञ्चारमाध्यम फ्रि-प्रेस जर्नलका अनुसार बाढीका कारण केही महिनाअघि भत्किएको उक्त पुललाई गुगल म्यापमा अद्यावधिक नगरिएकाले ड्राइभरले पुरानो पुलको मार्गलाई भर पर्नु घातक बन्यो।

    बेर्लीबाट डाटागञ्जतर्फ गइरहेको कारले तीब्र गतिमा भत्किएको पुल पार गर्न खोज्दा नदीमा खसेर दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।

    प्रहरीका अनुसार चालकले रोक्ने प्रयास गरे पनि तीव्र गतिका कारण कारलाई नियन्त्रणमा लिन नसक्दा घटनास्थलमै तीनै जनाको ज्यान गएको हो।

    स्थानीय प्रशासनले दुर्घटनाको थप अनुसन्धान गरिरहेको र गुगल म्यापजस्ता डिजिटल उपकरणको प्रयोग गर्दा सतर्क रहन सबैलाई सचेत गराएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ