२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

अमेरिकी प्रतिबन्धको चुनौती: टिकटकका सीईओले एलन मस्कसँग नजिकिने प्रयास

images

सत्कार खबर
  • २०८१ मंसिर १०, सोमबार
  • 1.7K
    SHARES
  • अमेरिकी प्रतिबन्धको चुनौती: टिकटकका सीईओले एलन मस्कसँग नजिकिने प्रयास

    काठमाडौं : चिनियाँ छोटो भिडियो साझा गर्ने प्लेटफर्म टिकटकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शो जि च्युले अमेरिकी प्रशासनसँगको चुनौती सामना गर्न एलन मस्कसँग सल्लाह लिएका छन्। अमेरिकी पत्रिका वाल स्ट्रिट जर्नल का अनुसार, च्युले मस्कलाई सम्भावित नीतिहरू र प्रविधि सम्बन्धी विषयमा परामर्श गरेका हुन्।

    सीईओ च्युले मस्कलाई पठाएको सन्देशमा अमेरिकामा टिकटकको भविष्य र आगामी प्रशासनसँगको सम्बन्धका विषयमा विचार मागेको खुलासा गरिएको छ। यद्यपि टिकटक सञ्चालनका लागि ठोस रणनीति तयार भएको कुरा भने रिपोर्टमा उल्लेख छैन।

    डोनाल्ड ट्रम्पले आफ्नो राष्ट्रपतिकालमा एलन मस्कलाई नयाँ सरकारी निकाय "सरकारी क्षमता अभिवृद्धि विभाग" को प्रमुख बनाउने वाचा गरेका थिए। ट्रम्पले राष्ट्रपति पदका लागि पुनः उम्मेदवारी दिएपछि टिकटकलाई सकारात्मक रूपमा लिएको देखिन्छ। प्रचार प्रसारका लागि पनि ट्रम्प र उनका अभियान टोलीले टिकटकको प्रयोग गरेका थिए।

    तर टिकटकमाथि प्रतिबन्धको सम्भावना अझै हटेको छैन। संघीय सञ्चार आयोग (एफसीसी) का नयाँ अध्यक्ष ब्रेन्डन कारले टिकटकलाई राष्ट्रिय सुरक्षामा खतरा हुने बताउँदै प्रतिबन्ध लगाउनुपर्ने धारणा राखेका छन्। ब्रेन्डन कार मस्कसँग निकट रहेको तथ्यले मस्कलाई यस विषयमा महत्त्वपूर्ण व्यक्ति बनाएको छ।

    टिकटककी अभिभावक कम्पनी बाइटडान्सका वरिष्ठ अधिकारीहरूले ट्रम्प निकट र डेमोक्रेटिक नेताहरू दुवैसँग सम्बन्ध सुधार्न सक्रियता देखाएका छन्। आगामी अमेरिकी प्रशासनसँग राम्रो सम्बन्ध बनाउने प्रयासस्वरूप मस्कजस्ता व्यक्तिहरूसँग सल्लाह लिइएको मानिन्छ।

    यद्यपि मस्क र च्युबीचको वार्ताले ठोस परिणाम दिने वा टिकटकमाथिको प्रतिबन्धलाई रोक्न सक्ने स्पष्ट संकेत भने हालसम्म छैन।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ