काठमाडौं : नेपालकै अग्रणी ब्राण्ड सिजीले "जाडोको पल, न्यानो हरपल" भन्ने नाराका साथ जाडो यामलाई लक्षित गर्दै नयाँ विन्टर प्रोडक्ट्स सार्वजनिक गरेको छ।
जाडो मौसममा तातो र आरामदायक जीवनशैलीलाई प्रोत्साहन गर्न सिजीले हिटर, थर्मस, गिजर, वाटर डिस्पेन्सर, वासिङ मेसिन, एसीजस्ता विभिन्न प्रोडक्ट्स बजारमा उपलब्ध गराएको छ।
जाडोमा तातो पानी पिउनको लागि सीजी र सीजी मेरिडियाको वाटर डिस्पेन्सर तथा वाटर हिटर उपयोगी हुने बताइएको छ। साथै तातो पानी राख्न थर्मस र भ्याकुम फ्ल्यास्क पनि सहजै उपलब्ध छन्।
सिजीले विभिन्न प्रकारका हिटिङ प्रोडक्ट्स, जस्तै, ओइल रेडिएटर हिटर, इलेक्ट्रिक हिटर र हिटर फ्यानमार्फत जाडोमा घर तथा कार्यस्थललाई न्यानो बनाउन सहयोग पुर्याएको छ।
त्यसैगरी १० वर्षे वारेन्टीसहितको मोटर भएको वासिङ मेसिनले जाडोमा लुगा छिट्टै धुने र सुकाउन थप सहजता प्रदान गर्नेछ।
गिजरको प्रयोगले तातो पानीले नुहाउँदा आरामदायक महसुस गराउने र एसीको हिट मोडमार्फत जाडोमा न्यानो तापक्रम कायम राख्न सकिने सुविधा उपलब्ध छ।
सिजीले ग्राहकहरूलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्न विन्टर प्रोडक्ट्समा १२ महिनाको वारेन्टीसमेत दिइरहेको छ। यी प्रोडक्ट्समा वाटर डिस्पेन्सर, थर्मस, केटल, इलेक्ट्रिक र ग्यास गिजर, रेडिएटर हिटर र ह्यालोजन हिटर समावेश छन्।
सिजीका यी प्रोडक्ट्सले जाडो यामलाई थप सहज, न्यानो र आरामदायक बनाउने उद्देश्य राखेको छ।



