२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बुद्धको शिक्षा अपनाऔं: प्रधानमन्त्री ओलीको आह्वान

images

  • २०८१ मंसिर १४, शुक्रबार
  • 1.5K
    SHARES
  • बुद्धको शिक्षा अपनाऔं: प्रधानमन्त्री ओलीको आह्वान

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले गौतम बुद्धका शिक्षा र दर्शनलाई जीवनमा अपनाउँदै समाज सुधारमा योगदान गर्न आग्रह गरेका छन्।
    लुम्बिनी बौद्ध विश्वविद्यालयको तेस्रो विशेष दीक्षान्त समारोह र २० औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै कुलपति एवम् प्रधानमन्त्री ओलीले बुद्धका "सर्वे भवन्तु सुखिनः" भन्ने सन्देश र सरकारको "समृद्ध नेपाल, सुखी नेपाली" को राष्ट्रिय आकांक्षाबीच गहिरो सम्बन्ध रहेको बताए।

    उनले बुद्धका करुणा, शान्ति र प्रेमका सन्देशलाई अनुसरण गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउन सबै नागरिकले योगदान दिनुपर्नेमा जोड दिए।
    “मानवीय गुण भनेको ढाँटछल र जालझेल होइन, यो शान्ति, करुणा र प्रेममा आधारित हुन्छ। घृणाले घृणा मात्र बढाउँछ, तर प्रेम र शान्तिले समाजमा असलता फैलाउँछ।” प्रधानमन्त्री ओलीले भने। “गलत बाटोमा हिँड्न हुँदैन, असल मार्ग नै दीर्घकालीन लाभको आधार हो।”

    लुम्बिनीलाई बुद्धको जन्मथलो र बौद्ध दर्शनको केन्द्रका रूपमा स्थापित गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले यसलाई पावनभूमिका रूपमा विश्वभर प्रचार गर्न थालिएको जानकारी दिए।
    पहिलो प्रधानमन्त्रीकालमा आयोजित अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र दोस्रो कार्यकालमा पाँच हजार जना सहभागी हुन सक्ने ध्यान केन्द्र निर्माणको कामलाई उनले स्मरण गरे।

    समारोहमा भिक्षुणी धम्मावती गुरुमालाई मानार्थ विद्यावारिधि प्रदान गरिनुका साथै विभिन्न संकायका २ सय ८९ विद्यार्थीलाई उपाधि दिइयो। गुरुमाको सकारात्मक चिन्तन र व्यवहारको प्रशंसा गर्दै प्रधानमन्त्रीले विश्वविद्यालयलाई थप सुपरिचित बनाउन योगदान दिएको बताए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ