२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै

images

  • २०८१ मंसिर १६, आइतबार
  • 1.1K
    SHARES
  • प्रधानमन्त्री ओली सोमबार चीनको औपचारिक भ्रमणमा प्रस्थान गर्दै

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणका लागि सोमबार बिहान बेइजिङ जाने भएका छन्। चीनका प्रधानमन्त्री ली छ्याङको मैत्रीपूर्ण निमन्त्रणामा उनी यही मङ्सिर १७ देखि २० गतेसम्म चीनको औपचारिक भ्रमण गर्ने छन्।

    भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङसँग बेइजिङमा भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। यसैगरी उनले आफ्ना चिनियाँ समकक्षी लीसँग द्विपक्षीय आपसी हितका विभिन्न विषयमा विचार आदानप्रदान गर्नेछन्। प्रधानमन्त्री ओलीसँग चीनको राष्ट्रिय जनक Congressका स्थायी समितिका अध्यक्ष झाओ लेजीसँग पनि भेट हुने तालिका छ।

    प्रधानमन्त्री ओलीको भ्रमणमा पेकिङ विश्वविद्यालयमा मुख्य सम्बोधन गर्ने कार्यक्रम पनि रहेको छ। त्यसैगरी उनले बेइजिङस्थित नेपाली राजदूतावास, चाइना काउन्सिल फर द प्रमोशन अफ इन्टरनेसनल ट्रेड र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चमा सम्बोधन गर्ने छन्। यस भ्रमणमा प्रधानमन्त्री ओलीसँग उनकी धर्मपत्नी राधिका शाक्य पनि उपस्थित रहनेछिन्।

    प्रधानमन्त्री ओली नेतृत्वको नेपाली प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा, प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमाल, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, संसद सदस्यहरू, विशिष्ट सरकारी अधिकारीहरू, निजी क्षेत्रका प्रतिनिधिहरू र सञ्चारकर्मीहरूको सहभागिता रहनेछ। प्रतिनिधिमण्डल यही मङ्सिर २० गते काठमाडौं फर्कने तालिका रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ