काठमाडौँ : ताप्लेजुङको सिरिजंगा गाउँपालिका–३ को वडाध्यक्षमा एमालेकी उम्मेदवार कुमारी साउदेन विजयी भएकी छन्। उनले ३ सय ५३ मत प्राप्त गर्दै विजयी हासिल गरिन्।
माओवादी केन्द्रका उम्मेदवार अम्बी साउदेनले २ सय ५१ मत ल्याएर दोस्रो स्थानमा रहँदा यसअघि वडाध्यक्षमा विजयी भएको नेपाली कांग्रेस तेस्रो स्थानमा खुम्चियो। कांग्रेसका भीमकुमार लक्सम्वाले २ सय १८ मत मात्रै प्राप्त गरे।
कुमारी साउदेनले यो विजयसँगै २०७९ सालको निर्वाचनमा चार मतले कांग्रेससँग पराजित भएको हारको बदला पनि लिएकी छिन्।
अघिल्लो निर्वाचनमा कांग्रेसका दिलप्रसाद बोखिमले ४ सय ३ मत ल्याएर वडाध्यक्षमा निर्वाचित हुँदा साउदेनले ३ सय ९९ मत मात्रै पाएकी थिइन्।
यसपालि आफ्नो मतदाताको समर्थनलाई बलियो बनाउँदै साउदेनले पुनः निर्वाचन जितेर आफ्नो नेतृत्व प्रमाणित गरेकी छिन्।



