२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री ओली चार दिने चीन भ्रमणमा, ७९ सदस्यीय प्रतिनिधिमण्डल सहभागी

images

  • २०८१ मंसिर १७, सोमबार
  • 1.4K
    SHARES
  • प्रधानमन्त्री ओली चार दिने चीन भ्रमणमा, ७९ सदस्यीय प्रतिनिधिमण्डल सहभागी

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली सोमबार चार दिने औपचारिक भ्रमणका लागि चीन प्रस्थान गरेका छन्। यो भ्रमण चिनियाँ प्रधानमन्त्री ली छ्याङको निमन्त्रणामा भएको हो। प्रधानमन्त्री ओली नेतृत्वको ७९ सदस्यीय प्रतिनिधिमण्डलमा सरकारी अधिकारी र निजी क्षेत्रका प्रमुख प्रतिनिधिहरू समावेश छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री, विभिन्न मन्त्री, मुख्यसचिव तथा अन्य उच्च पदस्थ अधिकारीहरूले प्रधानमन्त्री ओलीलाई बिदाइ गरे।

    भ्रमणको क्रममा मङ्सिर १८ गते प्रधानमन्त्री ओलीलाई चिनियाँ प्रधानमन्त्री ली छ्याङले स्वागत गर्नेछन्। त्यसै दिन दुई देशबीचको सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले द्विपक्षीय वार्ता हुने र विभिन्न सम्झौतामा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ। प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी जिनफिङसँग पनि भेटवार्ता गर्ने कार्यतालिका छ।

    मङ्सिर १९ गते प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा विशेष सम्बोधन गर्नेछन्। सोही दिन बेइजिङस्थित नेपाली राजदूतावास र नेपाल उद्योग वाणिज्य महासङ्घको संयुक्त आयोजनामा हुने नेपाल–चीन व्यापार मञ्चलाई सम्बोधन गर्ने योजना रहेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

    चिनियाँ राष्ट्रिय सङ्ग्रहालयको भ्रमणपछि प्रधानमन्त्री ओली मङ्सिर २० गते स्वदेश फर्कने कार्यक्रम रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ