२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

सेयर बजारमा दोहोरो अंकको गिरावट

images

सत्कार खबर
  • २०८० वैशाख ३१, आइतबार
  • 1.0K
    SHARES
  • सेयर बजारमा दोहोरो अंकको गिरावट

     काठमाडौं : आइतबार सेयर बजारमा दोहोरो अंकले घटेको छ । आइतबार नेप्से सुचकमा १६.९६ अंकले ओरालो लागि १८२१.६४ विन्दुमा आएर रोकिएको छ।

    यता ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचकमा ३.५२ अंकले घटेर ३४९.५८ विन्दुमा पुगेको छ। आज नेप्से सुचकको ४० कम्पनीमा वृद्धि भएको छ । १६९ कम्पनीमा ओरालो लागेको छ भने ९ कम्पनी स्थिर रहेको छ ।

    यसअघि बिहीबार नेप्से सुचकमा ३.३४ अंकले ओरालो लागि १८३८.५९  विन्दुमा आएर रोकिएको थियो। आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कूल २६३ कम्पनीको २७ लाख ८८ हजार ८१५ कित्ता सेयर खरिद बिक्री हुँदा ९० करोड रुपैयाँमाथिको सेयर कारोबार भएको छ।कारोबारका आधारमा नागरिक लगानी कोष शीर्ष स्थानमा छ ।

    नेप्सेका अनुसार ओरालो लागेको बजारमा आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । सो कम्पनीको रु पाँच करोड ३५ लाख ७५ हजार सात सय ८१ बराबरको कारोबार भयो । हिमालयन डिस्टिलरी , एनआइसी एशिया बैंक , शिवम् सिमेन्ट  र नबिल बैंकको कारोबार भई शीर्ष पाँचभित्र पर्न सफल भएका छन् ।

    नेप्सेका अनुसार ओरालो लागेको बजारमा आत्मनिर्भर लघुवित्तको शेयर मूल्यमा १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । नागरिक लगानी कोष ३.९३, मिथिला लघुवित्त ३.८६, बाराही हाइड्रोपावर ३.७८ र स्वाभिमान लघुवित्तको शेयर मूल्य ३.५ प्रतिशतले बढेको छ ।

    यस्तै, राष्ट्र उत्थान लघुवित्त ६.३७, दोर्दीखोला जलविद्युत् ५.९२, हिमालयन ऊर्जा विकास कम्पनी ५.७०, श्वेतगङ्गा हाइड्रोपावर ५.२३ र कृषि विकास बैंकको शेयर मूल्य ५.०२ प्रतिशतले घटेको छ ।

    SHARE.JPG
    www.satkarkhabar.com

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ