२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

अब त्रिविका विद्यार्थीले डिजिटल हस्ताक्षर सहितको मार्कशिट क्याम्पसमै प्राप्त गर्न सक्ने

images

  • २०८१ मंसिर १८, मंगलबार
  • 7.8K
    SHARES
  • अब त्रिविका विद्यार्थीले डिजिटल हस्ताक्षर सहितको मार्कशिट क्याम्पसमै प्राप्त गर्न सक्ने

    काठमाडौं : त्रिभुवन विश्वविद्यालयले आफ्ना विद्यार्थीहरूको सुविधाका लागि डिजिटल हस्ताक्षरयुक्त मार्कशिट सम्बन्धित क्याम्पसमा नै उपलब्ध गराउने व्यवस्था मिलाएको छ।

    यस प्रणाली अन्तर्गत स्नातक तह चौथो वर्षको वार्षिक परीक्षा प्रणालीका विद्यार्थीहरूले प्रकाशित नतिजाको मार्कशिट क्याम्पसबाटै सहज रूपमा प्राप्त गर्न सक्नेछन्।

    क्याम्पसहरूले यो प्रक्रिया पूरा गर्न त्रिविबाट प्रदान गरिएको पोर्टलको 'रिजल्ट मेनु' मा गई 'मार्कशिट' विकल्प चयन गरी विद्यार्थीको मार्कशिट प्रिन्ट गर्न सक्नेछन्।

    यस व्यवस्थाले विद्यार्थीहरूको समय बचत गर्ने र मार्कशिट प्राप्त गर्ने प्रक्रियालाई सरल, सहज र प्रभावकारी बनाउने विश्वास गरिएको छ।

    unnamed.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ