२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री ओली: चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन

images

  • २०८१ मंसिर २०, बिहीबार
  • 1.5K
    SHARES
  • प्रधानमन्त्री ओली: चीनसँग ऋणसम्बन्धी कुनै सम्झौता भएको छैन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चारदिने चीन भ्रमणका क्रममा बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई) अन्तर्गत ऋणसम्बन्धी कुनै सम्झौता नभएको स्पष्ट पारेका छन्।

    त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वदेश फर्किएपछि आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री ओलीले बीआरआई अन्तर्गत हालसम्म ऋणसम्बन्धी कुनै पनि समझदारीमा हस्ताक्षर नभएको बताएका हुन्।

    "हामीले हालसम्म चीनबाट जे पाएका छौं, त्यो ऋण होइन भन्ने कुरा धेरैपटक स्पष्ट गरिसकेका छौं। यो विषयलाई बारम्बार उठाइराख्नु आवश्यक छैन। ऋणसम्बन्धी कुनै छलफल भएको छैन, अनि ऋणको कुरा किन बारम्बार उठाइन्छ?" प्रधानमन्त्री ओलीले भने।

    उनले सञ्चार माध्यमहरूलाई आफ्नो धारणा सही रूपमा प्रस्तुत गर्न आग्रह गर्दै "सधैं ऋण–ऋण भन्ने रट किन बजिरहेको छ?" भन्दै आश्चर्य व्यक्त गरे।

    प्रधानमन्त्री ओलीले चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली खछ्याङलगायत उच्चस्तरीय व्यक्तिहरूसँग छुट्टाछुट्टै भेटवार्ता गरेको जानकारी दिए। ती भेटवार्तामा दुई देशबीचको आपसी हित, सहकार्य र साझेदारीका विषयमा व्यापक छलफल भएको ओलीले बताए।

    प्रधानमन्त्रीले भ्रमण सफल र नेपालको दीर्घकालीन विकासका लागि फलदायी भएको दाबी गरे। "भ्रमणको मुख्य उद्देश्य दुई देशबीचको सम्बन्ध थप बलियो बनाउनु हो र त्यसमा हामी सफल भएका छौं।" ओलीले थपे।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ