२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

चीन भ्रमण र चुनावको समीक्षा गर्न एमालेको सचिवालय बैठक तयारीमा

images

  • २०८१ मंसिर २१, शुक्रबार
  • 1.8K
    SHARES
  • चीन भ्रमण र चुनावको समीक्षा गर्न एमालेको सचिवालय बैठक तयारीमा

    काठमाडौँ : नेकपा एमालेले केन्द्रीय सचिवालय बैठक बोलाउने तयारी गरेको छ। बैठकमा स्थानीय तह उपनिर्वाचनको समीक्षा, पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको हालैको चीन भ्रमणका उपलब्धि र आगामी रणनीतिबारे छलफल गरिनेछ।

    मङ्सिर १६ गते सम्पन्न स्थानीय तह उपनिर्वाचनको नतिजा सार्वजनिक भइसकेको छ। कीर्तिपुर नगरपालिकाको मेयर र काठमाडौँ महानगरपालिका वडा नम्बर १६ सहितका स्थानमा उपनिर्वाचनमा एमालेले जित्ने अपेक्षा गरेको थियो। तर उक्त अपेक्षा पूरा नभएपछि पार्टीभित्र निर्वाचन नतिजाबारे गम्भीर समीक्षा गर्नुपर्ने माग उठिरहेको छ।

    विशेषगरी कीर्तिपुर लगायतका स्थानमा पराजय भोगेपछि पार्टी नेताहरूले आन्तरिक रणनीति, संगठन सुदृढीकरण र आगामी चुनावी तयारीबारे पुनर्विचार गर्न आवश्यक रहेको बताएका छन्।

    एमाले केन्द्रीय कार्यालय सचिव डा. भीष्म अधिकारीका अनुसार बैठक आगामी दुई तीन दिनभित्रै बस्ने तयारी भइरहेको छ। ‘ठ्याक्कै मिति तोकिएको छैन, तर एक दुई दिनभित्र बैठक बस्ने तयारी भइरहेको छ।’ उनले जानकारी दिए।

    यस बैठकमा पार्टीको आगामी कार्यदिशा तय गर्ने र विगतका अनुभवबाट पाठ सिक्दै रणनीतिहरू सुधार गर्नेतर्फ ध्यान केन्द्रित गरिने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ