२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह: पुस १३ गते दशरथ रंगशालामा

images

  • २०८१ मंसिर २९, शनिबार
  • 1.6K
    SHARES
  • त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह: पुस १३ गते दशरथ रंगशालामा

    काठमाडौँ : त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह आगामी पुस १३ गते काठमाडौंको त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहान १०:०० बजे हुने भएको छ। समारोहमा सहभागी हुने विद्यार्थीहरूले त्रि.वि.द्वारा प्रदान गरिएको गाउन, स्कार्फ र टोपी अनिवार्य रूपमा लगाई तोकिएको समयभन्दा अघि नै समारोह स्थलमा उपस्थित हुनु पर्नेछ।

    विशेष जानकारी:

    • विद्यावारिधि (Ph.D.) र पदक/पुरस्कार प्राप्त गर्ने विद्यार्थीहरू: सबभन्दा अगाडिको पंक्तिमा आफ्नो नाम लेखिएको सिटमा बस्नुपर्नेछ।
    • गाउन/स्कार्फ/टोपी लिने प्रक्रिया:
      • २०८१ साल पुस ५ देखि पुस ११ गतेसम्म (बिदाको दिन समेत) गाउन, स्कार्फ र टोपी लिन सकिनेछ।
      • समारोहको दिन गाउन/स्कार्फ/टोपी वितरण गरिने छैन।
      • गाउन लिन आउँदा अनलाइन फर्म भरिएपछि प्राप्त गाउन कलेक्शन फाराम अनिवार्य रूपमा ल्याउनुपर्नेछ।

    पोशाक सम्बन्धी निर्देशन:

    • छात्रहरूका लागि: कोट, पाइन्ट, टाई, भादगाउँले टोपीसहित त्रि.वि.ले उपलब्ध गराएको गाउन, स्कार्फ, टोपी लगाउनुपर्नेछ।
    • छात्राहरूका लागि: औपचारिक पोशाक वा साडी, ब्लाउजमा त्रि.वि.ले उपलब्ध गराएको गाउन, स्कार्फ, टोपी अनिवार्य लगाउनुपर्नेछ।

    प्रमाणपत्र वितरण:

    • प्रमाणपत्र लिन अनलाइन फारम भरिएपछि प्राप्त भएको Ceremony Slip अनिवार्य रूपमा ल्याउनुपर्नेछ।
    • प्रमाणपत्र वितरण समारोहकै दिन दशरथ रंगशालाको उत्तरपट्टि रहेको श्री नेपाली सैनिक प्रधान कार्यालयस्थित प्रमाणपत्र वितरण काउन्टरमा हुनेछ।
    • प्रमाणपत्र लिनका लागि विद्यार्थीले SMS मा प्राप्त जानकारी अनुसार तोकिएको काउन्टरमा सम्पर्क गर्नुपर्नेछ।

    समारोहमा अनुपस्थित भएमा:

    दीक्षान्त समारोहमा उपस्थित हुन नसकेका विद्यार्थीहरूले प्रमाणपत्र पछि त्रि.वि. परीक्षा नियन्त्रण कार्यालय, बल्खुस्थित रेकर्ड्स तथा प्रमाणपत्र महाशाखाको कोठा नं. ३ बाट प्राप्त गर्न सक्नेछन्।

    दीक्षान्त समारोह त्रिभुवन विश्वविद्यालयको ५० वर्षे योगदानको प्रतीकस्वरूप विशेष उत्साहका साथ मनाइने अपेक्षा गरिएको छ।

    1734144487-uGklV.jpg

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ