२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भालु आतङ्क: बाख्रा मार्न थालेपछि किसान त्रसित

images

  • २०८१ मंसिर ३०, आइतबार
  • 941
    SHARES
  • भालु आतङ्क: बाख्रा मार्न थालेपछि किसान त्रसित

    काठमाडौँ : दाङको तुलसीपुर उपमहानगरपालिका–४ स्थित खुमखानीमा भालुले बाख्रा मार्न थालेपछि किसानहरू समस्यामा परेका छन्। स्थानीय किसानहरूले भालुले रातिको समयमा खोरमा पसेर बाख्राहरू मार्ने र खाने गरेको बताएका छन्।

    पछिल्लो एक महिनामा भालुले पाँच घरका २१ वटा बाख्रा मारेको जनाइएको छ। स्थानीय निर्मला थापाका सात वटा, थम्मन विकका पाँच वटा, विकास घर्तीका पाँच वटा र पोकबहादुर थापाका चार वटा बाख्रा भालुको शिकार भएका छन्।

    भालुले बाख्राको खोर भत्काउन थालेपछि स्थानीयहरूले बाध्य भएर खाना पकाउने कोठामा बाख्रा राख्न सुरु गरेका छन्। “हामीले पालेका बाख्रा भालुले खोरमा गएर मारिदिन्छ।” पोकबहादुर थापाले भने, “अहिले त खाना बनाउने कोठामै बाख्रा राख्न थालेका छौँ।”

    खुमखानी तुलसीपुर–४ को विकट क्षेत्र मानिन्छ। त्यहाँ प्रहरी चौकीको अभावले सुरक्षाको समस्या झन् जटिल बनेको स्थानीय बासिन्दाहरू बताउँछन्।

    स्थानीय अगुवा जीतबहादुर थापाका अनुसार भालुले हालसम्म बाख्राहरूलाई मात्र लक्षित गरे पनि मानिसलाई पनि क्षति पुर्याउने जोखिम रहेकोले यसबारे तत्काल कदम चाल्न आवश्यक छ। “भालुको आतङ्कले यहाँका बासिन्दाको दैनिक जीवन प्रभावित भएको छ।” उनले भने “सम्बन्धित निकायले यसबारे चाँडै समाधान गर्नुपर्छ।”

    समस्या समाधानका लागि अपिल
    स्थानीयहरूले भालु नियन्त्रणका लागि वन कार्यालय र स्थानीय प्रशासनसँग पहल गरिदिन अपिल गरेका छन्। साथै यस क्षेत्रमा प्रहरी पोष्ट स्थापना गर्नुपर्ने र किसानहरूको क्षतिपूर्ति सुनिश्चित गर्नुपर्ने माग पनि राखिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ