२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालमा पहिलो पटक ‘स्केचअप कोन्क्लाभ २०२४’ सफलतापूर्वक सम्पन्न

images

  • २०८१ पुस १, सोमबार
  • 986
    SHARES
  • नेपालमा पहिलो पटक ‘स्केचअप कोन्क्लाभ २०२४’ सफलतापूर्वक सम्पन्न

    काठमाडौं : फोरफ्रन्ट इन्जिनियरिङको आयोजनामा नेपालमा पहिलो पटक स्केचअप कोन्क्लाभ २०२४ भव्य रूपमा सम्पन्न भएको छ। यस कार्यक्रमले डिजिटली निर्माण प्रविधिमा, विशेष गरी स्केचअप सफ्टवेयरको प्रयोग र यससँग सम्बन्धित नवीनतम प्रविधि तथा व्यावसायिक अभ्यासलाई उजागर गर्ने उद्देश्य राखेको थियो।

    कार्यक्रमका प्रमुख अतिथि नेपाल उद्योग परिसंघ (CNI) का वरिष्ठ उपाध्यक्ष बिरेन्द्र राज पाण्डेले डिजिटलीकरणले निर्माण प्रक्रियामा ल्याएको परिवर्तनबारे प्रकाश पार्दै भने "पहिले हातले डिजाइन बनाउने परम्परा थियो।

    अहिले यस्ता प्रविधिहरूले डिजाइन प्रक्रियालाई सहज, छिटो र प्रभावकारी बनाएका छन्। निर्माण क्षेत्रमा डिजिटल उपकरणहरूको प्रभावकारी प्रयोग अझ बढाउन आवश्यक छ।"

    फोरफ्रन्ट इन्जिनियरिङका प्रबन्धक सुधिर थापाले स्केचअप सफ्टवेयरको प्रयोगलाई प्रोत्साहन गर्न कम्पनीको प्रतिबद्धता व्यक्त गरे। उनले भने "स्केचअपको विश्वासिलो साझेदारका रूपमा हामी सफ्टवेयर मात्र होइन, यसलाई प्रभावकारी बनाउन आवश्यक प्राविधिक सहयोग र तालिम पनि प्रदान गर्न कटिबद्ध छौं।

    हाम्रो उद्देश्य इन्जिनियरिङ फर्म र शैक्षिक संस्थाहरूमार्फत अनुकूलित शिक्षा कार्यक्रमहरू सञ्चालन गरी आवश्यक सीप विकास गर्नु हो।"

    कार्यक्रममा नेपाल इन्टेरियर डिजायनर्स एसोसिएसन, सोसाइटी अफ नेपाली आर्किटेक्ट्स, सोसाइटी अफ कन्सल्टिङ आर्किटेक्चरल एण्ड इन्जिनियरिङ फर्म्स र फेडेरेसन अफ कन्क्ट्रयाक्टर्स एसोसिएसन अफ नेपालका प्रतिनिधिहरूले उल्लेखनीय सहभागिता जनाएका थिए।

    स्केचअप कोन्क्लाभ २०२४ ले नेपालको निर्माण क्षेत्रलाई डिजिटलीकरणतर्फ उन्मुख गराउँदै नयाँ सम्भावनाहरूको ढोका खोल्ने विश्वास गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ