२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

युवालाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा प्रेरित गर्नुपर्छ: मन्त्री भट्टराई

images

  • २०८१ पुस ४, बिहीबार
  • 1.4K
    SHARES
  • युवालाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा प्रेरित गर्नुपर्छ: मन्त्री भट्टराई

    काठमाडौं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले नेपालमा अनुसन्धानको वातावरण (इकोसिस्टम)लाई सुदृढ बनाउनु आजको प्रमुख आवश्यकता भएको बताएकी छिन्।

    नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठानको ४२औं वार्षिकोत्सव समारोहमा बोल्दै मन्त्री भट्टराईले अत्याधुनिक प्रयोगशालाहरूमा लगानी गर्न प्राथमिकता दिनुपर्ने बताइन्। उनले अनुसन्धान परियोजनाका लागि पर्याप्त बजेट सुनिश्चित गर्नुपर्ने र नेपाली वैज्ञानिकहरूको विश्वव्यापी ज्ञान र सञ्जालमा पहुँच बढाउनुपर्ने आवश्यकता औंल्याइन्।

    उनले स्वदेशी प्रविधिको आधुनिकीकरण र दिगो विकासका सम्भावनालाई उपयोग गर्नुपर्ने कुरामा जोड दिँदै नवप्रवर्तनको संस्कृतिलाई प्रोत्साहन गर्न युवालाई वैज्ञानिक प्रयोग र अनुसन्धानमा संलग्न गराउनुपर्ने बताइन्।

    मन्त्री भट्टराईले विद्यालयस्तरमै विज्ञान शिक्षा, हातको काममार्फत सिकाइ, आलोचनात्मक सोच, उद्यमशीलता र नवप्रवर्तनलाई केन्द्रमा राख्नुपर्ने आवश्यकता रहेको बताइन्।
    ‘हामीसँग रहेको इन्जिनियरिङ ज्ञानलाई विज्ञानसँग जोडेर नयाँ अवसर सिर्जना गर्न आवश्यक छ।’ उनले भनिन्।

    उनले युवाहरूको आविष्कार र नवप्रवर्तनमा आधारित भविष्यले मात्र राष्ट्रलाई दिगो विकासको मार्गमा डो-याउन सक्ने धारणा राखिन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ