२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

कर्मचारीको अवकाश उमेरबारे छलफल गरिनुपर्ने : पूर्वमन्त्री खड्का

images

सत्कार खबर
  • २०८१ पुस ९, मंगलबार
  • 2.2K
    SHARES
  • कर्मचारीको अवकाश उमेरबारे छलफल गरिनुपर्ने : पूर्वमन्त्री खड्का

    काठमाडौँ : नेपाली कांग्रेसका सांसद तथा पूर्वमन्त्री पूर्णबहादुर खड्काले कर्मचारीको अनिवार्य अवकाश उमेरबारे व्यापक छलफल आवश्यक रहेको बताएका छन्।

    मंगलबार राज्य व्यवस्था समितिमा विधेयकमाथिको छलफलमा सहभागी हुँदै खड्काले अवकाश उमेरको विषय गहनताका साथ अध्ययन गरी निर्णय गर्नुपर्ने बताए।

    उनले विधेयकमा प्रस्तावित १५ सयभन्दा बढी संशोधनलाई एकैपटक टुंग्याई फास्ट ट्र्याक प्रक्रियाबाट ऐन पारित गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गरे। खड्काका अनुसार, छुट्टाछुट्टै छलफल गर्दा समयमै ऐन लागू गर्न जटिलता उत्पन्न हुन सक्छ।

    बैठकमा खड्काले भने, "हाल कर्मचारीको अनिवार्य अवकाश उमेर ५८ वर्ष रहेको छ। तर, विधेयकमा यो उमेर ६० वर्ष पुर्याउने प्रस्ताव छ। यसले प्रशासनिक प्रणालीमा पार्ने प्रभाव र यो व्यवस्था कहिलेदेखि लागू गर्ने भन्नेबारे गहन छलफल हुनुपर्छ।"

    उनले अवकाशपछि कर्मचारीको जीवनस्तर, पेंशन व्यवस्थापन तथा आन्तरिक चासो र असरबारे अहिले नै समीक्षा गर्न आवश्यक रहेको औंल्याए।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ