२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण: अन्तिम चरणमा, प्रगति सफलता नजिक

images

  • २०८१ पुस ११, बिहीबार
  • 1.8K
    SHARES
  • दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण: अन्तिम चरणमा, प्रगति सफलता नजिक

    काठमाडौँ : दैलेखको भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा पेट्रोलियम पदार्थ र प्राकृतिक ग्यासको अन्वेषण अन्तिम चरणमा पुगेको छ। खानी तथा भूगर्भ विभागका अनुसार बुधबारसम्म तीन हजार ९ सय ३० मिटर ‘ड्रिलिङ’ सम्पन्न भइसकेको छ भने अब मात्र ७० मिटर ड्रिलिङ बाँकी रहेको छ।

    गत वैशाख २८ गतेदेखि सुरु भएको ड्रिलिङको काम यसै महिना सम्पन्न गर्ने लक्ष्यका साथ द्रुत गतिमा काम भइरहेको छ। विभागका पेट्रोलियम परियोजना प्रमुख गणेश नाथ त्रिपाठीका अनुसार, निर्धारित समयभन्दा अगावै ड्रिलिङ सम्पन्न हुने सम्भावना रहेको छ।

    यस परियोजनामा चीन सरकारको दुई अर्ब ५० करोड रुपैयाँको अनुदान रहेको छ। परियोजनाका लागि भैरवी गाउँपालिकाको जलजले क्षेत्रमा ४५ रोपनी जग्गा अधिग्रहण गरिएको छ। चिनियाँ र नेपाली गरी ८० जनाको प्राविधिक टोलीले संयुक्त रूपमा काम गरिरहेका छन्।

    चिनियाँ टोलीले पहिलो चरणमा ‘सिस्मिक सर्भे, जियोलोजिकल सर्भे, म्याग्नेटो टेल्युरिक सर्भे र जिओ केमिकल स्याम्पलिङ सर्भे’ सफलतापूर्वक सम्पन्न गरेको थियो। हाल चाइना जियोलोजिकल सर्भे, सिबु ड्रिलिङ इन्जिनियरिङ कम्पनी र खानी तथा भूगर्भ विभाग परियोजनाको कार्यान्वयनमा सक्रिय छन्।

    यो अन्वेषणले दैलेख क्षेत्र र नेपालकै आर्थिक भविष्यमा महत्त्वपूर्ण प्रभाव पार्ने अपेक्षा गरिएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ