२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री ओलीलाई पर्सामा १ सय ८० किलोको मालाले अभिनन्दन

images

  • २०८१ पुस १४, आइतबार
  • 1.9K
    SHARES
  • प्रधानमन्त्री ओलीलाई पर्सामा १ सय ८० किलोको मालाले अभिनन्दन

    काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली आइतबार पर्सामा आयोजित पार्टी प्रवेश तथा जनसभामा सहभागी भएका छन्। नेकपा एमाले पर्सा जिल्ला कमिटीद्वारा आयोजित उक्त जनसभामा प्रधानमन्त्री ओलीलाई नागरिक अभिनन्दन गरिएको छ।
    उक्त अवसरमा प्रधानमन्त्री ओलीलाई दुईवटा मालाले सम्मान गरिएको थियो। संघीय मामिला तथा प्रशासनमन्त्री राजकुमार गुप्ताको नेतृत्वमा ८० किलोको मालाले अभिनन्दन गरियो भने पार्टी जिल्ला कमिटीको तर्फबाट १ सय किलोको मालाले सम्मान गरिएको पर्सा जिल्ला कमिटीका सचिव महेश दासले जानकारी दिए।

    कार्यक्रमपछि प्रधानमन्त्री ओली काठमाडौं फर्कने कार्यक्रम रहेको छ। काठमाडौंमा उनी पार्टी केन्द्रीय कार्यालय च्यासलमा आयोजित अर्को पार्टी प्रवेश कार्यक्रममा सहभागी हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ