२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

नेपालको ग्रे लिष्ट र ट्म्पकाे नेपालबारे टिप्पणी 

images

  • २०८१ फागुन १०, शनिबार
  • 1.6K
    SHARES
  • नेपालको ग्रे लिष्ट र ट्म्पकाे नेपालबारे टिप्पणी 

    काठमाडौँ : भर्खरै फ्रान्सको परिसमा भएको Financial Action Task Fore  (FATF) को प्लेनरी तथा वर्किङ ग्रुप बैठकले नेपाललाई दोस्रो पटक ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो । विभिन्न संस्थाका २०० भन्दा बढी प्रतिनिधिको उपस्थितिमा पाँच दिनसम्म चलेको बैठकले विभिन्न सूचकहरूको मूल्याङ्कन गर्दै नेपाललाई ग्रे लिस्टमा राख्ने निर्णय गरेको हो ।


    ग्रे लिस्टमा परेपछि वैदेशिक ऋण, अनुदानका साथै प्रत्यक्ष वैदेशिक लगानी (FDI) समेत प्रभावित हुन सक्छ। नेपालको अन्यमुलुकहरु सँग वित्तीय हैसियत गुमाउने, नेपाली बैङ्कहरूले खोलेको प्रतीत पत्र  ( L/ C)अस्वीकृत हुनसक्ने खतरा रहन्छ। अर्थात् नेपालको वित्तीय अवस्था बिश्र्व सामु नकारात्मक रूपमा हेरिने गरिन्छ।


    नेपालमा यस्तो अवस्था आउनुको नैतिक जिम्मेवारी सम्बन्धित निकाय वा व्यक्ति कोही  लिन तयार हुँदैनन्। यो विडम्बना नै Money Laundering को दोस्रो रूप हो। पहिले का सरकारका अर्थमन्त्री अहिलेको सरकारलाई दोष लगाउँछन् भने अहिलेका पहिलेका सरकार लाई दोष लगाउँछन्।  नेपाली जनताले यी रयस्त व्यक्तिहरूलाई सत्तामा पुराएर देशलाई आफ्नो र भावी सन्ततिको भविष्यमा ठुलो खेलबाड गरी रहेका छन्।

    यसको असर अबका केही वर्षहरूमा प्रत्यक्ष देखिने छन् । सम्बन्धित निकायका जिम्मेवार व्यक्तिहरू भने आफूलाई निर्विकल्प सम्झन्छन्। यी असक्षम व्यक्तिहरूका कारण नेपाली जनताले बारम्बार अन्तर्राष्ट्रिय स्तरमा बेइज्जत सहनु परेको छ। हालका अर्थ मन्त्री केही वर्ष मा नै ग्रे लिष्ट बाट बाहिआइहाल्छ भन्ने हल्का जबाफ दिइरहेका छन्।नैतिकता कुन चराको नाम हो सायद ऊनले बिर्सिसकेका छन्।


    पहिलो नेतृत्व कालमा  नेपाल कहाँ पर्छ भन्ने अमेरिकी राष्ट्रपति ट्रम्प , दोस्रो कार्यकालमा नेपालमा दिइएको आर्थिक सहयोग भ्रष्टाचार हो भनेर अन्तर्राष्ट्रिय स्तरमा नेपालको वास्तविकता बताउँछन्। बिश्वकाअन्य राष्ट्रले पनि  अब ट्रम्पको भाषा नै नक्कल गर्ने छन्।  जनताबाट उठाइएको अत्यधिक कर देशका लागि अनावश्यक संरचना खडा गरेर तलब ,भत्ता, सुविधा हरूमा खर्च गरिन्छ भने अब Trump को घोषणा पछि, वैदेशिक सहायता करिब शून्यमा पुग्ने छ।  


    अब यदि स्वतन्त्र वित्तीय क्षेत्रका विशेषज्ञ हरूको टिम बनाइ यस्ता वित्तीय अपराधहरूको  निर्मूल गरिएन भने ,देश टाट पल्टिएको आधिकारिक घोषणा हुनेछ अनि बेलैमा सचेत नहुने नेताहरू ( जो सधैँ योग्य, राम्रा को ठाउँमा आफ्नालाई रोज्ने गर्दछन्) ले अब भाग्ने ठाउँ पनि पाउने छैनन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ