२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

रसुवा बाढी : "राज्यको उपस्थिति नुवाकोटमा मात्र होइन, रसुवासम्म महसुस हुनुपर्छ" — स्थानीय न्यौपाने

images

  • २०८३ भदौ १३, शनिबार
  • 401
    SHARES
  • रसुवा बाढी : "राज्यको उपस्थिति नुवाकोटमा मात्र होइन, रसुवासम्म महसुस हुनुपर्छ" — स्थानीय न्यौपाने

    आशिष न्यौपाने

    रसुवा : रसुवाको ल्हेन्दे खोलामा आएको विनाशकारी बाढीपछि पीडितहरू अझै पनि राज्यको प्रभावकारी उपस्थितिको पर्खाइमा छन्। बाढीको भीषण रूपले माथि स्याफ्रुबेँसीदेखि उता रसुवागढीसम्म र तल बेत्रावती, खाल्टे तथा नौबिसे फाँटको तल्लो भागमा केही पनि बाँकी नराखेर सर्वस्व सोत्तर पारेको छ। विपद्को यो कठिन घडीमा नागरिकले सरकार आफ्नो साथमा छ भन्ने अनुभूति प्रत्यक्ष रूपमा गर्न पाउनुपर्ने आवाज उठेको छ।

    स्थानीय आशिष न्यौपानेले सरकार र प्रशासनको ध्यान नुवाकोट जस्ता सहज पहुँच भएका क्षेत्रहरूमा मात्र सीमित नभई अति प्रभावित दुर्गम रसुवासम्म समान रूपमा पुग्नुपर्ने बताएका छन्। संकटको बेला नागरिकलाई अभिभावकत्वको अनुभूति गराउनु नै राज्यको प्राथमिक दायित्व भएको उनको भनाइ छ।

    "यस्तो विपद्को समयमा जनताले सरकार आफ्नो साथमा छ भन्ने विश्वास गर्न पाउनुपर्छ," न्यौपानेले भने, "बेपत्ता भएका नागरिकहरूको खोजतलास तीव्र पारेर कि सास, कि लास परिवारसम्म पुर्‍याउने प्रतिबद्धता र कार्यक्षमता राज्यले मैदानमै देखाउन सक्नुपर्छ।"

    बाढी र पहिरोका कारण त्रसित बनेका स्थानीयहरूले उद्धार, राहत र बेपत्ताहरूको खोजी कार्यलाई अझ द्रुत र प्रभावकारी बनाउन सरकारसँग जोडदार माग गरिरहेका छन्। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ