२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्रीद्वारा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त

images

  • २०८२ वैशाख १०, बुधबार
  • 1.1K
    SHARES
  • प्रधानमन्त्रीद्वारा ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ बर्खास्त

    काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओलीले ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई बर्खास्त गरेका छन्। सरकारलाई असहयोग गरेको आरोपमा तामाङलाई पदमुक्त गरिएको हो। नेपाली कांग्रेसका जिल्ला सभापति समेत रहेका तामाङ रामेछापबाट निर्वाचित सांसद हुन्।

    प्रधानमन्त्री ओलीले पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरिरहेका छन्। आफ्नै दल र सत्ता साझेदार दल नेपाली कांग्रेसका गरी आधा दर्जन मन्त्रीहरूलाई फेर्ने तयारीमा रहेका ओलीले नतिजा दिन नसकेका र कार्यशैलीमा सुधार ल्याउन नसकेका मन्त्रीहरूलाई हटाउने योजना बनाएका छन्।

    यसै सन्दर्भमा, ऊर्जा मन्त्रालयमा नेतृत्वकर्ताबीचको असमझदारी र नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङसँगको विवादका कारण तामाङलाई बर्खास्त गरिएको बताइएको छ।

    प्रधानमन्त्री ओलीले सरकार सञ्चालनका विषयमा नेपाली कांग्रेस र एमालेबीच कुनै समस्या नरहेको स्पष्ट पारेका छन्। उनले वर्तमान सरकार २०८४ को निर्वाचनसम्मै जाने बताएका छन्।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ