२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

images

  • २०८२ भदौ २९, आइतबार
  • 476
    SHARES
  • पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठद्वारा रास्वपा परित्याग

    काठमाडौँ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की प्रभावशाली नेतृ तथा पूर्वशिक्षामन्त्री सुमना श्रेष्ठले पार्टी परित्याग गरेकी छन्। पार्टी नेतृत्वको कार्यशैलीप्रति लामो समयदेखि असन्तुष्ट रहँदै आएकी श्रेष्ठले अन्ततः रास्वपाबाट आफ्नो सम्बन्ध विच्छेद गरेकी हुन्।

    पार्टी केन्द्रीय समितिलाई सम्बोधन गर्दै उनले लेखेको पत्रमा नेतृत्वले 'गल्तीमाथि गल्ती गरिरहने तर कहिल्यै स्वीकार नगर्ने' प्रवृत्ति आफूलाई स्वीकार्य नभएको उल्लेख गरेकी छन्। "गल्तीमाथि गल्ती गरिरहने र त्यसको बोझ पार्टीका सबैले बोकिदिनुपर्ने?" उनको प्रश्न थियो।

    श्रेष्ठले पार्टीभित्र आलोचना गर्नेहरूका विरुद्ध मिडिया ट्रायल गर्ने र नेतालाई देशभन्दा माथि राख्ने प्रवृत्तिले आफूलाई दुःखी बनाएको बताएकी छन्। "जहिलेदेखि राष्ट्रिय स्वतन्त्र पार्टीले देशभन्दा माथि पार्टी र पार्टीभन्दा माथि नेतालाई राख्न थालेको हो, त्यति बेलादेखि नै आलोचना गर्दै आएको हुँ," उनले स्पष्ट पारेकी छन्।

    यसअघि रास्वपाको सह-महामन्त्री पदबाट राजीनामा दिएकी श्रेष्ठले सांसदको भूमिकामा सक्रिय हुन समय अभाव भएको कारण देखाएकी थिइन्। समानुपातिक प्रणालीबाट सांसद बनेकी उनी पुष्पकमल दाहाल 'प्रचण्ड' प्रधानमन्त्री हुँदा शिक्षामन्त्रीको जिम्मेवारीमा समेत रहेकी थिइन्।

    उनको यो निर्णयसँगै रास्वपाभित्रको आन्तरिक किचलो सतहमा आएको छ भने पार्टीको भविष्य र आन्तरिक एकतामाथि प्रश्नचिन्ह खडा भएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ