२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज विश्व अटिजम जागरूकता दिवस मनाइँदै

images

  • २०८२ चैत १९, बिहीबार
  • 591
    SHARES
  • आज विश्व अटिजम जागरूकता दिवस मनाइँदै

    काठमाडौँ : आज विश्व अटिजम सचेतना दिवस नेपालसहित विश्वभर विभिन्न कार्यक्रमसहित मनाइँदैछ। मस्तिष्क विकाससँग सम्बन्धित यो अवस्थाबारे विशेषज्ञहरूले अटिजमलाई सामान्य मानिसभन्दा फरक व्यवहार गर्ने अवस्था भनेर व्याख्या गरेका छन्। अटिजम भएका व्यक्तिहरूको बोल्ने र सोच्ने शैली फरक हुने बताइन्छ।

    सन् २००७ देखि संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस मनाउन थालिएको हो। यस अवसरमा राष्ट्रसङ्घले अटिजम भएका व्यक्तिहरूको गरिमा, अधिकार र समाजमा समान सहभागिता सुनिश्चित गर्न सदस्य राष्ट्रहरूलाई अनुरोध गरेको छ।

    राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटरेसले आज जारी सन्देशमा मानवअधिकार र मौलिक स्वतन्त्रताको पूर्ण कार्यान्वयनलाई प्रवर्द्धन गर्दै अटिजम भएका व्यक्तिहरूलाई समाजमा समान सहभागिता दिलाउनुपर्नेमा जोड दिएका छन्

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ