२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एलोन मस्कलाई टेस्लाको दीर्घकालीन प्रोत्साहन प्याकेज

images

  • २०८३ वैशाख २०, आइतबार
  • 676
    SHARES
  • एलोन मस्कलाई टेस्लाको दीर्घकालीन प्रोत्साहन प्याकेज

    काठमाडौँ : अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्लाले आफ्नो प्रमुख कार्यकारी अधिकृत एलोन मस्कका लागि सन् २०२५ मा १ सय ५८ अर्ब डलर बराबरको तलब प्याकेज मूल्यांकन गरेको छ । तर कम्पनीले मस्कले अहिलेनै यो रकम प्राप्त नगर्ने जनाएको छ ।

    यो तलब संरचना कम्पनीका शेयरधनीहरूले स्वीकृत गरेको दीर्घकालीन प्रोत्साहन योजनामा आधारित रहेको बीबीसीले जनाएको छ । यो योजना अनुसार मस्कले अत्यन्त महत्वाकांक्षी लक्ष्यहरू पूरा गरेपछि मात्र तलबको रूपमा शेयर पाउनेछन् ।

    ती लक्ष्यहरूमा टेस्लाको बजार मूल्य ८.५ ट्रिलियन डलर पुर्‍याउने, वार्षिक २ करोड गाडी उत्पादन गर्ने, १० मिलियन पूर्ण रूपमा सेल्फ–ड्राइभिङ सदस्यता पुर्‍याउने र १० लाख रोबोट्याक्सी सञ्चालनमा ल्याउने जस्ता उद्देश्यहरू समावेश गरिएकोे छ ।

    यी लक्ष्यहरू पूरा भएमा मस्कले थप ४० करोड डलर भन्दा बढी टेस्ला शेयर प्राप्त गर्नुहुनेछ । यसको मूल्य कम्पनीको बजार पूँजीकरण बढेमा झन्डै १ ट्रिलियन डलरसम्म पुग्ने अनुमान छ । मस्क अहिले विश्वकै सबैभन्दा धनी व्यक्तिको रूपमा रहँदै आउनु भएको छ । उहाँको सम्पत्ति झन्डै ६ सय ५१ अर्ब डलर रहेको छ भने फोब्सले यो अनुमान ७ सय ८८ अर्ब डलरसम्म पुग्ने अनुमान गरेको छ ।

     

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ