२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् अध्यादेश जारी

images

  • २०८३ वैशाख २२, मंगलबार
  • 671
    SHARES
  • राष्ट्रपति पौडेलद्वारा संवैधानिक परिषद् अध्यादेश जारी

    काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।  यसअघि सरकारबाट सिफारिस भएका आठमध्ये ७ अध्यादेश जारी गरेका राष्ट्रपति पौडेलले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश भने पुनर्विचारका लागि भन्दै फिर्ता पठाउनु भएकके थियो ।

    अध्यादेश सोमबारको मन्त्रिपरिषद बैठकले पुनर्विचार नै नगरी जस्ताको तस्तै जारी गर्न पुनः सिफारिस गरेपछि राष्ट्रपति पौडेलले मंगलबारअध्यादेश जारी गरेको शीतलनिवाासकी सूचना अधिकारी अर्चना खड्काले जानकारी दिनुभएको थियो । अध्यादेशमा संवैधानिक परिषद्को बैठकमा ४ जना सदस्य उपस्थित भए पुग्ने र उपस्थित सदस्यको बहुमतबाट निर्णय गर्न सकिनेलगायत व्यवस्था गरिएको छ।

    यो व्यवस्थाले ६ सदस्यीय परिषद्‌मा ३ जनाले मात्र निर्णय गर्न सक्ने अवस्था सिर्जना हुने हुनाले ‘कुल सदस्य संख्याको बहुमत’ को मर्म कमजोर हुने राष्ट्रपतिले चिन्ता व्यक्त गर्नुभएको थियो ।  उहाँले निर्णय गर्दा उपस्थिति संख्या नभई कुल सदस्य संख्याको बहुमतलाई आधार बनाउनुपर्ने धारणा राख्दै अध्यादेश पुनर्विचारका लागि फिर्ता पठाउनु भएको थियो ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ