२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

उतारचढाव हुँदै नेप्से ३.३४ अंकले घटेर बन्द

images

सत्कार खबर
  • २०८० जेठ १, सोमबार
  • 911
    SHARES
  • उतारचढाव हुँदै नेप्से ३.३४ अंकले घटेर बन्द

    काठमाडौं  : सेयर बजार नेप्सेमा सामान्य ३.३४ अंकको गिरावट आएको छ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्सेमा दिनभर उतारचढावबीच  सामान्य अंकको गिरावट हुँदा १८१८.३१ अंकमा बन्द भएको छ ।

    नेप्से परिसूचक गिरावट हुँदा कारोबार रकम पनि घटेको छ । आइतबार ९० करोडको कारोबार भएको बजारमा सोमबार घटेर ७२ करोड ६५० लाखमा झरेको छ ।

    नेप्स.JPG
    www.satkarkhabar.com

    जसमध्ये एनआईसी एशिया बैंकको सर्वाधिक ३ करोड ४ लाख २९ हजारको कारोबार हुँदा सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनीको २ करोड ९९ लाख र नागरिक लगानी कोषको २ करोड ४४ लाखको कारोबार भएको छ ।

    सोमबार नेप्सेमा कुल २१९ सूचीकृत कम्पनीको सेयर कारोबार भएको छ । जसमध्ये  १०४ कम्पनीको सेयरमूल्यमा गिरावट आएको छ।  ९६ कम्पनीको सेयरमूल्य वृद्धि र  १९ कम्पनीको सेयरमूल्य स्थिर भएको छ ।

    सोमबार कारोबार भएकामध्ये एनआईसीएल ग्रोथ फण्डको इकाइमूल्य सर्वाधिक ९.८८ प्रतिशतले वृद्धि हुँदा आत्मनिर्भर लघुवित्तको सेयरमूल्यमा ६.११ प्रतिशत र राप्ती हाइड्रोपावर जनरल कम्पनीको सेयरमूल्य ६.०४ प्रतिशतले वृद्धि भएको छ ।

    सगरमाथा लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयरमूल्य ६.४५ प्रतिशतले गिरावट हुँदा बाराही हाइड्रोपावर कम्पनीको सेयरमूल्य ५.३५ प्रतिशतले गिरावट भएको छ ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ