२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज कोशीका मुख्यमन्त्री कार्कीले तेस्रोपटक विश्वासको मत लिँदै

images

  • २०८३ भदौ ८, सोमबार
  • 261
    SHARES
  • आज कोशीका मुख्यमन्त्री कार्कीले तेस्रोपटक विश्वासको मत लिँदै

    काठमाडौँ : कोशी प्रदेश सभामा शक्ति सन्तुलन र सरकारको संरचना फेरबदल भएसँगै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले पुनः विश्वासको मत लिने तयारी गर्नुभएको छ। प्रदेश सभा सचिवालयका अनुसार दिउँसो २ बजे बस्ने बैठकमा मुख्यमन्त्रीले विश्वासको मत सम्बन्धी प्रस्ताव पेश गर्ने गरी सम्पूर्ण तयारी पुरा गरिएको छ।

    नेपाली कांग्रेसले मुख्यमन्त्री कार्कीलाई दिएको समर्थन फिर्ता लिएपछि सरकारले बहुमत सिद्ध गर्नुपर्ने संवैधानिक बाध्यता सिर्जना भएको हो। यसअघि भदौ ३ गते नै कांग्रेसले सरकारबाट बाहिरिँदै समर्थन फिर्ताको पत्र संसद् सचिवालयमा दर्ता गराएको थियो। त्यसपछि नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बिच प्रदेश सरकार सञ्चालनका लागि तीन बुँदे सहमति भई नयाँ मन्त्रीहरूले शपथ ग्रहण गरिसकेका छन्।

    नेपालको संविधानको धारा १६८ (५) बमोजिम नियुक्त मुख्यमन्त्री कार्कीले यसअघि वैशाख ३१ गते पहिलो पटक र असोज २ गते दोस्रो पटक विश्वासको मत प्राप्त गर्नुभएको थियो। कुल ९२ सदस्य रहेको कोशी प्रदेश सभामा सरकार कायम राख्न ४७ सांसदको समर्थन आवश्यक पर्दछ, जहाँ एमालेका ४० र नेपाली कम्युनिस्ट पार्टीका १७ सहित गठबन्धनसँग स्पष्ट बहुमत रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ