२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रतिनिधिसभा बैठक आज बस्दै, के-के छन् सम्भावित कार्यसूची ?

images

  • २०८३ भदौ ८, सोमबार
  • 271
    SHARES
  • प्रतिनिधिसभा बैठक आज बस्दै, के-के छन् सम्भावित कार्यसूची ?

    काठमाडौँ : सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे बस्दैछ। सङ्घीय संसद् सचिवालयका अनुसार बैठकको सुरुमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ। त्यसपछि विभिन्न महत्त्वपूर्ण विधेयकहरूलाई दफावार छलफलका लागि सम्बन्धित विषयगत समितिहरूमा पठाउने प्रस्तावहरू प्रस्तुत गरिनेछन्।

    संसदीय कार्यसूची अनुसार प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले 'संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक, सेवाको शर्त र सुविधासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८३' लाई सम्बन्धित समितिमा छलफलका लागि पठाउन प्रस्ताव पेस गर्नेछन्। यसैगरी, परराष्ट्रमन्त्री शिशिर खनालले 'राहदानी (पहिलो संशोधन) विधेयक, २०८३', महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री सीता बादीले 'मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) (पहिलो संशोधन) विधेयक, २०८३' र उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले 'खानी तथा खनिज पदार्थ विधेयक, २०८३' लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यक्रम तय भएको छ।

    यसैबीच, आजै विभिन्न पाँचवटा संसदीय समितिका बैठकहरू पनि आयोजना गरिँदैछन्। जसअनुसार अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति, कृषि तथा प्राकृतिक स्रोत समिति, पूर्वाधार विकास समिति, विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बसी आ-आफ्ना कार्यक्षेत्रभित्रका विषयमा छलफल गर्ने कार्यसूची रहेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ