काठमाडौँ : राष्ट्रिय सभाको मंगलबार बसेको बैठकले ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाउने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ।
प्रधानमन्त्रीको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्रीले प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त उक्त विधेयकलाई विधायन व्यवस्थापन समितिमा पठाइयोस् भनी बैठकसमक्ष प्रस्ताव प्रस्तुत गर्नुभएको थियो। सभामा उपस्थित सांसदहरूले सो प्रस्तावलाई सर्वसम्मतिले पारित गरेका हुन्।
उक्त प्रस्ताव स्वीकृत भएसँगै राष्ट्रिय सभाका अध्यक्षले सदनको कारबाही आगामी भदौ १६ गते मङ्गलबार दिउँसो १ बजेसम्मका लागि स्थगित भएको घोषणा गर्नुभएको छ। अब विधेयकमाथि विधायन व्यवस्थापन समितिमा दफावार छलफल अघि बढाइनेछ।