२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

रसुवा बाढी : प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा दुई दिन निःशुल्क सेवा उपलब्ध

images

  • २०८३ भदौ ११, बिहीबार
  • 376
    SHARES
  • रसुवा बाढी : प्रभावित क्षेत्रका बासिन्दाका लागि नेपाल टेलिकमद्वारा दुई दिन निःशुल्क सेवा उपलब्ध

    काठमाडौँ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रका बासिन्दा तथा उद्धार टोलीहरूका बीच सहज सञ्चार सम्पर्क कायम राख्न नेपाल टेलिकमले विशेष राहत प्याकेजको घोषणा गरेको छ।

    नेपाल टेलिकमले रसुवा, धादिङ, गोरखा, चितवन, नुवाकोट लगायत बाढी प्रभावित क्षेत्र तथा पृथ्वी राजमार्ग, गल्छी-नुवाकोट-रसुवा-स्याफ्रुबेसी र मुग्लिङ्ग-नारायणगढ सडक खण्डका स्थानीय बासिन्दाहरूलाई लक्षित गरी यो सुविधा सञ्चालनमा ल्याएको हो।

    कम्पनीका अनुसार २०८३ भाद्र १० र ११ गते (दुई दिन) का लागि निःशुल्क सेवाहरू उपलब्ध गराइएको छ :

    • भ्वाइस सेवा : अनलिमिटेड निःशुल्क कल (Unlimited Voice)

    • डेटा सेवा : दैनिक २ जीबी डेटा (2 GB Per Day Data)

    • एसएमएस सेवा : ५० वटा निःशुल्क एसएमएस (50 SMS)

    विपद्को यस विषम परिस्थितिमा प्रभावित नागरिकहरूलाई आफ्ना आफन्त तथा उद्धार र राहत कार्यमा खटिएका टोलीहरूसँग सहज रूपमा सम्पर्कमा रहन सहयोग पुगोस् भन्ने उद्देश्यले यो निर्णय गरिएको टेलिकमले जनाएको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ