२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

बाढी प्रभावित थप सात स्थानमा नेपाल टेलिकमको सेवा सुरू

images

  • २०८३ भदौ १४, आइतबार
  • 486
    SHARES
  • बाढी प्रभावित थप सात स्थानमा नेपाल टेलिकमको सेवा सुरू

    काठमाडौँ : नेपाल टेलिकमले अविरल वर्षा र बाढीका कारण सञ्चार सम्पर्क विच्छेद भएका रसुवा र नुवाकोटका सातवटा प्रमुख स्थानमा आइतबारदेखि पुनः मोबाइल सेवा सुचारु गरेको छ।

    बाढीले क्षति पुर्‍याएका अधिकांश मोबाइल बीटीएस साइटहरू मर्मत गरी सञ्चालनमा ल्याइएको टेलिकमले जानकारी दिएको छ। प्राविधिक टोलीको निरन्तरको प्रयासपछि बाढी प्रभावित क्षेत्रका सर्वसाधारण तथा उद्धार टोलीका लागि सञ्चार सुविधा पुन: सहज भएको हो

    पुनः सञ्चालनमा आएका टावर र प्रभावित क्षेत्रहरू :

    नेपाल-चीन सीमा (रसुवा बोर्डर) : यस टावर सञ्चालनमा आएसँगै टिमुरे, स्याफ्रुबेसीदेखि भोटेकोशी करिडोर क्षेत्र र नेपाल-चीन नाकामा सञ्चार सेवा पूर्ण रूपमा बहाल भएको छ।

    अपर सेन्जेन : यस टावरमार्फत चिलिमे, लामागाउँ तथा आमाछोङदिमो गाउँपालिका-५ का क्षेत्रमा सञ्चार सम्पर्क जोडिएको छ।

    छापथोके : उत्तरगया र किस्पाङ गाउँपालिकाका साथै बेत्रावती, काउली र त्रिशुली थ्रीबी क्षेत्रका बासिन्दाले सेवा पुनः प्राप्त गरेका छन्।

    जिपजिपे : कालिका गाउँपालिकाका वडा नम्बर २ र ५ सहित धारापानी र देउरालीडाँडामा टेलिकमको सेवा सहज भएको छ।

    गत्लाङ : गत्लाङ, गोल्जुङ, चिलिमे, ठुलो भाखु, शेर्पा गाउँ, ठुलो स्याफ्रु, स्याफ्रुबेसी, खाङजुम र बरिम क्षेत्रमा मोबाइल सेवा चालु भएको छ।

    चारघरे र चारघरे मुलाबारी (नुवाकोट) : यी दुई टावर पुनः सञ्चालन भएसँगै विदुर नगरपालिकाका वडा नम्बर १२ र १३ मा सम्पर्क सेवा सामान्य बनेको छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ