२०८३, कात्तिक ९ गते

Oct 26 2026

Logo
  • २०८३ कात्तिक ९, सोमबार
  • (Oct 26, 2026)
images

मन्त्रिपरिषद् निर्णय: १३ मुलुकका लागि राजदूतको नाम सिफारिस

images

  • २०८३ असोज २, शुक्रबार
  • 311
    SHARES
  • मन्त्रिपरिषद् निर्णय: १३ मुलुकका लागि राजदूतको नाम सिफारिस

    काठमाडौँ : सरकारले छिमेकी मुलुक भारत, चीन र अमेरिकासहित १३ विभिन्न देशमा नयाँ राजदूत नियुक्तिका लागि नाम सिफारिस गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद्को बैठकले रिक्त तथा प्रमुख कूटनीतिक नियोगहरूमा पठाउन १३ जना कूटनीतिज्ञ एवं विज्ञहरूको नाम सिफारिस गर्ने निर्णय गरेको हो।

    सिफारिस गरिएका नयाँ राजदूतहरूको सूची :

    भारत : डा. निश्चलनाथ पाण्डे
    चीन : डा. कल्याणराज शर्मा
    अमेरिका : चिरनजंग थापा
    बेलायत : गौरव शमशेर जबरा
    जापान : जिग्यान कुमार थापा
    इजरायल : सुरेशकुमार कर्ण
    स्पेन : प्राप्ति शेरचन
    जर्मनी : सरू जोशी
    ओमान : डा. पद्माक्षी राणा
    मलेसिया : चूडामणि खरेल
    दक्षिण कोरिया : प्रा. डा. सङ्गम श्रेष्ठ
    श्रीलंका : डा. मञ्चला झा
    साउदी अरेबिया : गिरीबहादुर सुनार

    मन्त्रिपरिषद्ले गरेको यो सिफारिससँगै अब सम्बन्धित संसदीय सुनुवाइ समितिमा यी नामहरू पेस हुनेछन्। संसदीय सुनुवाइ प्रक्रिया पूरा भएर राष्ट्रपतिबाट अनुमोदन भएपछि उनीहरूको नियुक्ति औपचारिक रूपमा तय हुनेछ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ