२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच बिदाइ भेट

images

  • २०८३ असोज १३, मंगलबार
  • 211
    SHARES
  • प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच बिदाइ भेट

    काठमाडौँ : सम्माननीय प्रधानमन्त्री वालेन्द्र शाहज्यूले नेपाल र भारतबीचको सम्बन्ध सधैँ सुमधुर र प्रगाढ रहँदै आएको बताउनुभएको छ।

    आफ्नो कार्यकाल पूरा गरी स्वदेश फर्कन लाग्नुभएका नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पुगी गर्नुभएको बिदाइ भेटका क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले उक्त कुरा बताउनुभएको हो। सो क्रममा सम्माननीय प्रधानमन्त्रीज्यूले हालैको बाढीपहिरो तथा विपद्को समयमा भारत सरकारले पुर्‍याएको सहयोगका लागि विशेष धन्यवाद व्यक्त गर्नुभयो।
    भेटका अवसरमा सम्माननीय प्रधानमन्त्री शाहज्यूले राजदूत श्रीवास्तवलाई कार्यकाल सम्पन्न गरेकोमा बधाई दिनुहुँदै आगामी जीवनका लागि शुभकामना समेत व्यक्त गर्नुभयो।

    सो भेटघाटका क्रममा भारतीय राजदूत श्रीवास्तवले आफ्नो कार्यकालमा दुई देशबीच थुप्रै विकास परियोजनाहरू सम्पन्न भएको जानकारी गराउँदै नेपाल बसाइका क्रममा सहयोग पुर्‍याउने नेपाल सरकार र नेपाली जनतालाई विशेष धन्यवाद व्यक्त गर्नुभएको थियो।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ