२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आइफोन १८ खरिदमा एनसेलको विशेष बन्डल प्याकेज, के-के पाइन्छ अफर ?

images

  • २०८३ असोज १५, बिहीबार
  • 346
    SHARES
  • आइफोन १८ खरिदमा एनसेलको विशेष बन्डल प्याकेज, के-के पाइन्छ अफर ?

    काठमाडौं : एनसेलले एप्पल फोनको नेपालका लागि आधिकारिक वितरक जेनेरेसन नेक्स्ट कम्युनिकेसन्ससँगको सहकार्यमा नयाँ आइफोन खरिदकर्ताहरूका लागि आकर्षक बन्डल अफर सार्वजनिक गरेको छ। यस अफर अन्तर्गत आइफोन १८ प्रो, आइफोन १८ प्रो म्याक्स तथा आइफोन डुओ खरिद गर्ने ग्राहकले विशेष प्याकेज प्राप्त गर्नेछन्। एनसेलका साविकका प्रयोगकर्ताका साथै नयाँ सिम लिने ग्राहकले पनि यो सुविधा लिन सक्नेछन्।

    नयाँ आइफोन खरिद गर्दा ग्राहकले असीमित डेटा, असीमित लोकल कल, दैनिक १५० वटा निःशुल्क एसएमएसका साथै ओटीटी प्लेटफर्म 'लायन्सगेट'को प्रिमियम सब्सक्रिप्सन पाउनेछन्।

    को-कसले पाउँछन् अफर ?

    • आइफोन १८ प्रो र १८ प्रो म्याक्स : सुरुवाती २०० जना खरिदकर्ताले यी सम्पूर्ण सुविधाहरू ३ महिनासम्म निःशुल्क प्रयोग गर्न पाउनेछन्।

    • आइफोन डुओ : सुरुवाती १०० जना खरिदकर्ताले यी सुविधाहरू ६ महिनासम्म विना कुनै अतिरिक्त शुल्क उपभोग गर्न सक्नेछन्।

    साझेदारीबारे बोल्दै एनसेलका चिफ कन्ज्युमर बिजनेस अफिसर उपांग दत्ताले जेनेरेसन नेक्स्टसँग मिलेर ग्राहकलाई डिजिटल जीवनशैली र भरपर्दो कनेक्टिभिटी जोड्ने अफर ल्याउन पाउँदा खुसी व्यक्त गरे।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ