२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

आज एमाले केन्द्रीय कमिटीको बैठक बस्दै

images

  • २०८० मंसिर ६, बुधबार
  • 836
    SHARES
  • आज एमाले केन्द्रीय कमिटीको  बैठक बस्दै

    मङ्सिर ६, काठमाडौं : नेकपा एमालेको केन्द्रीय कमिटीको आज बुधबार बिहान ११ बजे बैठक बस्दैछ। ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा आजका लागि बोलाइएको बैठकमा मध्यपहाडी लोकमार्ग केन्द्रित विशेष अभियानको आवश्यक योजना तयारी, नेताहरु परिचालन लगायत विषयमा छलफल हुने बताइएको छ।


    सामाजिक सद्भाव र राष्ट्रिय एकताको प्रवद्र्धनका लागि एमालेले मंसिर १४ गतेदेखि ‘झुलाघाटदेखि चिवाभञ्ज्याङसम्म समृद्धिका लागि संकल्प यात्रा’ गर्दैछ। अभियानको पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेतृत्व गर्नुहुनेछ। केन्द्रीय कमिटी बैठकमा पार्टीको आन्तरिक जीवन, देशको पछिल्लो अवस्था लगायत समसामयिक विषयमा पनि छलफल हुने एमालेले जनाएको छ।

    कात्तिक २२ गते बसेको एमाले सचिवालय बैठकले केन्द्रीय कमिटी बैठकको मिति तय गरेको थियो। एमालेको भातृ संगठन युवा संघले महँगी, भ्रष्टाचार र सबै किसिमका अराजकताविरुद्ध भन्दै काठमाडौंको तीनकुनेमा प्रदर्शन गर्दै छ।

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ