काठमाडौं : सुनको मूल्य तोलामा ३ सय रुपैयाँले घटेको छ । चाँदीको भने मूल्य स्थिर रहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुनको मूल्य १ लाख ९ हजार ७८ सय, तेजाबी सुनको मूल्य एक लाख ९ हजार २ सय कारोबार भइरहेको छ ।
चाँदीको मूल्य १३ सय ७० रुपैयाँ तोलामा स्थिर छ । बुधबार छापावाल सुन एक लाख १० हजार र तेजाबी सुन एक लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो ।



