काठमाडौं : नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक बुधबार दोहोरो अङ्कले बढेको छ नेप्से परिसूचक ३२.३० अंकले बढेर १८७७.३२ विन्दुमा पुगेको छ। यस दिन नेप्से १.७५ प्रतिशतले बढेर १८७७.३२ बिन्दुमा पुगेको छ । बिहीबार नेप्से परिसूचकसँगै कारोबार रकम पनि अघिल्लो दिनको तुलनामा बढेको छ।
गत कारोबार दिन ८५ करोड ७६ लाख २४ हजार ३१८ रुपैयाँको सेयर कारोबार भएकोमा यस दिन उक्त रकम बढेर १ अर्ब ४७ करोड ४७ लाख ६५ हजार ३८८ रुपैयाँ पुगेको छ। यसअघि चैत ३० गतेयता पहिलो पटक कारोबार रकम १ अर्ब रुपैयाँ नाघेको हो। यस दिन २६४ वटा धितोपत्रको ४४ लाख २२ हजार १६८ कित्ता सेयर किनबेच भएको हो।
बिहीबार आत्मनिर्भर लघुवित्त र हिमालयन उर्जाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यस दिन दुवै कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। आत्मनिर्भर लघुवित्तको सेयर मूल्य एक हजार २६ रुपैयाँ ७० पैसा र हिमालयन उर्जाको सेयर मूल्य २८१ रुपैयाँ ६० पैसा पुगेको छ।
यसैगरी, एनआइबिएल ग्रोथ फण्डको मूल्य ३.१४ प्रतिशतले घटेर प्रति इकाइ मूल्य ८ रुपैयाँ ३ पैसा पुगेको छ,भने यस्तै १०प्रतिशतले हिमालयन बैंक डिवेञ्चर २०८३ को मूल्य १.९९ प्रतिशतले घटेर प्रति डिवेञ्चर मूल्य एक हजार ६१ रुपैयाँ ४० पैसा पुगेको छ।बिहीबार नेपाल दूरसञ्चार कम्पनीको सर्वाधिक कारोबार भएको छ। उक्त कम्पनीको प्रतिकित्ता ७७९ रुपैयाँ २० पैसामा ८ करोड ६३ लाख बराबरको सेयर कारोबार भएको हो।यो मूल्य अघिल्लो दिनको तुलनामा ०.२८ प्रतिशत बढेको हो।
सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो सूचीमा शिवम् सिमेन्ट रहेको छ। उक्त कम्पनीको ४१३ रुपैयाँ ५० पैसामा ७ करोड ११ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ।त्यस्तै, आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो।यस दिन होटल्स तथा पर्यटन समूहको परिसूचक सर्वाधिक ३.७५ प्रतिशतले बढेको छ।



