काठमाडौं : आज शुक्रबार सुनको भाउ तोलामा ५ सय रुपैयाँले घटेको छ । चाँदीको भाउ भने स्थिर रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज छापावाल सुन मूल्य १ लाख ९ हजार २ सय रुपैयाँमा र तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ७०० रुपैयाँ निर्धारण भएको छ। यसअघि बिहीबार छापावाल सुनको भाउ प्रतितोला १ लाख ९ हजार ७ सय रुपैयाँ र तेजावी सुनको भाउ १ लाख ९ हजार २ सय रुपैयाँ कायम भएको थियो ।
चाँदीको भाउ भने प्रतितोला १ हजार ३ सय ७० रुपैयाँमा स्थिर रहेको छ ।



