२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे अध्ययन तथा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन

images

  • २०८० मंसिर २१, बिहीबार
  • 636
    SHARES
  • एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे अध्ययन तथा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन

    काठमाडौँ : सरकारले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलको सेयर खरिदबिक्री प्रकरणबारे अध्ययन तथा छानबिन गर्न ५ सदस्यीय उच्चस्तरीय समिति गठन गरेको छ।


    बिहीवार बसेको मन्त्रिपरिषद्को बैठकले पूर्वमहालेखा परीक्षक टंकमणि शर्माको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारकी प्रवक्ता रेखा शर्माले बताउनु भयो। 

    सदस्यहरुमा नेपाल सरकारका सचिव फणिन्द्र गौतम, सहसचिव बाबुराम भण्डारी, सहसचिव हृदयेशकुमार शाक्य, आइक्यानका अध्यक्ष सुजनकुमार काफ्ले हुनुहुन्छ। छानबिन समितिलाई उक्त प्रकरण अध्ययन गरी प्रतिवेदन पेश गर्न ३० दिनको समय दिइएको छ। 

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ