२०८३, कात्तिक १० गते

Oct 27 2026

Logo
  • २०८३ कात्तिक १०, मंगलबार
  • (Oct 27, 2026)
images

भ्रष्टाचार अन्त्यका लागि नैतिकता र इमान्दारिताको खाँचो छ : मुख्यमन्त्री शाह

images

  • २०८० मंसिर २३, शनिबार
  • 856
    SHARES
  • भ्रष्टाचार अन्त्यका लागि नैतिकता र इमान्दारिताको खाँचो छ : मुख्यमन्त्री शाह

    सुदूरपश्चिम : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमल बहादुर शाहले भ्रष्टाचार नियन्त्रण गरी सुशासन कायम गर्न सबैमा नैतिकता र इमान्दारिता हुनुपर्ने खाँचो औँल्याउनु भएको छ। भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस, २०८० को अवसरमा धनगढीमा आज आयोजित कार्यक्रममा उहाँले सुशासन कायम गर्न अब फरक ढङ्गले लाग्नु पर्नेमा जोड दिनुभयो।

    ऐन नियमलाई आफू अनुकूल व्याख्या विश्लेषण गर्ने प्रवृत्तिका कारण विभिन्न समस्या सिर्जना हुने गरेको उल्लेख गर्दै मुख्यमन्त्री शाहले भन्नुभयो, “प्रदेशमा भ्रष्टाचार नियन्त्रणका लागि हामी सबैका पाइला गलत दिशामा जानु हुँदैन।” कसैको दबाबमा नपरी सुशासन कायम गर्न निर्धक्क भएर काम गर्न अख्तियार दुरुपायोग अनुशन्धान आयोगलाई आग्रह गर्दै उहाँले ऐन, नियम, कानुनलाई अख्तियारको छाताभित्र ल्याउँदैमा भ्रस्टाचारको अन्त्य हुन नसक्ने बताउनु भयो। 

    प्रदेश सरकारका निमित्त प्रमुख सचिव गङ्गाबहादुर खरेलले सबैले आफ्नो आचरणमा सुधार गरे भ्रष्टाचारका सवालमा कसैले औँला ठड्याउन नपाउने बताउनु भयो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरस्थित कार्यालयका प्रमुख आस्मान तामाङले भ्रष्टाचार नियन्त्रणका लागि नेपालमा भएका कानुनी तथा संस्थागत व्यवस्था, अन्तर्राष्ट्रिय प्रतिबद्धता र नियन्त्रणका लागि भइरहेका प्रयासबारे स्पष्ट पार्नुभयो।  
     
    कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी युवराज कटेल, कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी लगायतले आ–आफ्नो धारणा राख्नुुभएको थियो। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरका प्रमुख तामाङका अनुसार सुदूरपश्चिम प्रदेशमा अनियमितता एवं भ्रष्टाचार भएको भनी कार्यालयमा उजुरी पर्ने क्रम बढ्दै गएको छ। 

    कार्यालयमा गत वर्ष १ हजार २ सय ७३ उजुरी परेकामा चालु वर्षको हालसम्ममा ५ सय ८२ उजुरी परेका छन्। प्रदेशमा ९ सय ५३ मुद्दा छानविनका क्रममा रहेकामा सबैभन्दा बढी स्थानीय तहका ६ सय ५ मुद्दा छन्। यीमध्ये प्रदेश सरकार र सङ्घीय सरकारका ३ सय ४८ उजुरी रहेकामा ७१ उजुरी प्रदेश सरकारसँग सम्बन्धित रहेका प्रमुख तामाङले जानकारी दिनुभयो। 
     
    “प्रदेश सरकारका मुद्दा छानविनका क्रममा छन्, सबैभन्दा बढी उजुरी निर्माणसँग सम्बन्धित छन्”, उहाँले भन्नुभयो, “सार्वजनिक सेवा प्रवाह, क्षमता विकास, प्राकृतिक स्रोतसाधनको उत्खनन, समाजिक सुरक्षा भत्ता, सरकारले दिने गरेको अनुदान सम्बन्धी उजुरी पनि अत्यधिक छन्।”

    images
    images
    प्रतिक्रिया दिनुहोस
    images
    ताजा अपडेट
    ट्रेन्डिङ